एक महिनादेखि पार्किङ गरी राखिएको बसमा आगजनी

पर्सा, जेठ वीरगन्ज महानगरपालिकास्थित नगवा चोकमा एक महिनादेखि पार्किङ गरी राखिएको बसमा आज अपरान्ह आगजनी भएको छ ।

रामलखन ट्राभल्सद्वारा भैरहवा–वीरगन्ज रुटमा सञ्चालन हुने ना ४ ख ६८०४ नम्बरको यात्रुवाहक बसमा अपरान्ह आगजनी भएको हो ।

एक महिनाभन्दा बढी समयदेखि पार्किङ गरी राखिएको बसमा अपरान्ह एक्कासी आगो लागेपछि महानगरपालिकाको वारुणयन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

उहाँले बसमा आगलागीको कारण हालसम्म पत्ता लाग्न नसकेको र सोवारे अनुसन्धान भइरहेको बताउनुभयो । आगलागीका कारण बसको भित्री भाग पूर्णरुपमा क्षति भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।