भक्तपुरको चारदोबाटोमा तनाव, प्रहरी बिटमा आक्रमण

भक्तपुर, २७ जेठ । काठमाडौं र भक्तपुर जिल्लाको सीमा भएर बग्ने मनोहरा खोलाले धार परिवर्तन गरेको विषयमा स्थानीय बासिन्दाबीच पुनः विवाद उत्पन्न भएको छ ।

खोलालाई पुनः पुरानै (प्राकृतिक धारमै) फर्काउने विषय चर्चामा आएपछि स्थानीयले भक्तपुरको चारदोबाटो चोकमा रहेको प्रहरी बिटमा आक्रमण गरेका छन् ।

मनोहरा खोलामा पटक पटक आएको बाढीले गर्दा खोलाको धार परिवर्तन भएर केही व्यक्तिको जमिन मासिएको थियो ।

जमिन मासिएका परिवारले खोलालाई पुरानै धारमा फर्काउन माग गरेपछि विवाद बढेर सडकमा पुगेको हो ।

स्थानीयहरुले चारदोबाटो चोकको प्रहरी बिटमा आक्रमण गर्नुका साथै कुर्सी तथा बोर्डहरु सडकमा ल्याएर तोडफोड गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।