एमालेका सांसद् चढेको कारलाई बसले दियो ठक्कर, सांसद् घाइते

सिन्धुली, जेष्ठ २७ । संसद्को विकास समिति सदस्य एवं सिन्धुली क्षेत्र नं १ का सांसद् गणेश पहाडी सवार कारलाई शनिबार बसले ठक्कर दिएको छ ।

काठमाडौंबाट आफ्नो क्षेत्रतर्फ जाँदै गरेका पहाडी चढेको बा ११ च ८१६९ नं कारलाइलाई मध्यपहाडी लोकमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका १ को कालिआप नजिक ओखलढुंगाबाट राजधानीतर्फ जाँदै गरेको बा ४ ख ३८९४ नं को यात्रुबाहक बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट सांसद् पहाडी र चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

सांसद् पहाडी सवार कारको अगाडिको भाग पूर्ण क्षति भएको छ । बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।

बस तीव्रगतिमा हुँइकिएको बसले ठक्कर दिएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । सांसद् पहाडी फिक्कल गाउँपालिकामा रहेको आफ्नो घरतर्फ जाँदै थिए । उनी एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖