राजपाको आन्दोलनमा सीके राउत र भूमिगत संगठनहरुले सघाउनसक्ने आशंका

नवलपरासी, जेठ ३० । स्थानीय निर्वाचनको विरोध गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले गरेको आमहड्तालमा घुसपैठ हुनसक्ने भन्दै नवलपरासी जिल्ला सुरक्षा समितिले सुरक्षा सर्तकतासहित जिल्लामा निगरानी बढाएको छ ।

सुरक्षा व्यवस्था चुस्त र कडा पारिएकाले परासी क्षेत्रमा हुने निर्वाचनमा ढुक्क भएर सहभागी हुन पनि सुरक्षा समितिले मतदाताहरुलाई आग्रह गरेको छ ।

निर्वाचनका लागि परासी क्षेत्रमा खटिन लागेका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि दिइएको दुईदिने प्रशिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले राजपाको आन्दोलनले चुनावमा कुनै प्रभाव नपर्ने भन्दै ढुक्क भएर मतदान कार्यक्रममा सहभागी हुन आग्रह गरे । उनले सुरक्षा व्यवस्था कडा पारिएको दाबीसमेत गरे ।

राजपाको आन्दोलनमा सीके राउत र पहिचान नभएका केही भूमिगत संगठनहरुले सघाउनसक्ने आशंका सुरक्षा समितिको छ । परासी क्षेत्रका ७ स्थानीय तहमा २४० मतदान केन्द्र र १२० मतदानस्थल रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।