फेसबुकमा भएको गालीगलौजको विषयलाई लिएर राजधानीमा युवतीहरुको ग्याङ फाइट र छुरा हानाहान

काठमाडौँ, ७ असार । राजधानीमै युवतीहरुको समूहबीच ग्याङ फाइट भएको छ । ललितपुर महानगरपालिका–१५ सातदोवाटो चोकमा कोपिला गिरी र सलिना गिरीको समूहबीच ग्याङ फाइट भएको हो ।

काभ्रे, बनेपा बस्ने गिरीलाई बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना युवतीहरुले मंगलबार सातदोबाटो चोकमा छुरा हानेका हुन् । छुरा हान्नुअघि केहीबेर झगडा भएको थियो ।

छुरा प्रहारबाट घाइते १७ वर्षीया गिरीको सुमेरु अस्पताल धापाखेलमा उपचार भइरहेको छ । उनी बोल्न नसक्ने अबस्थामा रहेको सातदोबाटोका डिएसपी रामेश्वर यादवले जानकारी दिए ।

फेसबुकमा भएको गालीगलौजको विषयलाई लिएर राईको समूहले छुरा हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ । – दैनिक नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।