राजपा कार्यकर्ताले ढुंगामुढा गरेकोतर्फ इंगित गर्दै ओलीले गरे राजपालाई खरो प्रश्न,- एमाले प्रतिवादमा उत्रिए के हुन्छ ?

काठमाडौं, भदौ १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई मुलुकका जुनसुकै ठाउँमा जानबाट कसैले रोक्न नसक्ने बताएका छन्।

नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले शान्तिपूर्ण कार्यक्रममा अवरोध गर्न खोज्नु गैरकानुनी र हिंसात्मक गतिविधि भएको बताए।

मंगलबार जनकपुरमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी अगुवा कार्यकर्ता भेलामा राजपा कार्यकर्ताले ढुंगामुढा गरेकोतर्फ इंगित गर्दै अध्यक्ष ओलीले निषेधको राजनीति गर्न खोज्नु निकै दु:खद् भएको बताए।

साथै उनले एमाले पनि प्रतिवादमा उत्रिए के हुन्छ? भन्दै राजपालाई प्रश्नसमेत गरे। ‘निषेधको राजनीति दु:खलाग्दो कुरा हो,’ ओलीले भने, ‘म उहाँहरुलाई सोध्न चाहन्छु, एमाले पनि प्रतिवादमा उत्रियो भने के हुन्छ?’

यद्यपी आफूहरु हिंसात्मक गतिविधिमा नउत्रिने उनको भनाइ छ। ‘जनकपुरमा भएको घटना व्यवधान मात्र होइन, उहाँहरुले आक्रमण गर्नुभयो, कार्यक्रम भाँड्न खोज्नुभयो, ढुंगामुढा र उच्छृङ्खल गतिविधि गर्नुभयो,’ ओलीले भने, ‘एमाले आवेश तथा उत्तेजनामा आउँदैन। तर, एमाले डरपोक तथा कायर छ भन्ने पनि नसोचियोस्, म यत्ति भन्छु प्रतिरोधको बाटो समाउनु नपरोस्।’ उनले राजपालाई राजनीतिक व्यवहार देखाउन सुझाव दिए। – थाहा खबरबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।