कांग्रेस सबैभन्दा लामो समय सरकारमा बसेर पनि विकास नगर्ने पार्टी : गौतम
काठमाडौ, १४ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले कांग्रेस सवै भन्दा लामो समय सरकारमा बसेर पनि विकास नगर्ने पार्टी भएको वताउनुभएको छ । राजतन्त्रको समयमा भन्दा पनि नेपाल नेपाली कांग्रेसको शासनकालमा पछि परेको गौतमको भनाई थियो ।
पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा गौतमले नेपाली कांग्रेस कहिल्यै नयाँ पार्टी बन्नै नसक्ने बताउनुभयो । सिन्धुपाल्चोक तरुण दलका अध्यक्ष सहित सयौ कार्यकर्तालाई एमालेमा प्रवेश गराउदै उपाध्यक्ष गौतमले एमालेको नेतृत्वमा राष्ट्रिय स्वाधीनता र आर्थिक समृद्धि हुने वताउनु भयो ।
‘नेपाली कांग्रेस नक्कली प्रजातन्त्रवादी पार्टी हो तर नेकपा एमाले सक्कली र सच्चा लोकतान्त्रिक हो’ गौतमले भन्नुभयो, ‘अहिले कांग्रेस भ्रष्टाचारीलाई चुनाव लड्ने अधिकार सुरक्षित गर्न सक्रिय छ ।’ कांग्रेस बलियो भए सुशासन र विकासको कल्पनै गर्न नसकिने गौतमको भनाई थियो ।
आफ्नो पार्टी सरकारमा भए पनि नभए पनि जनविश्वास प्रापत पार्टी एको गौतमले वताउनुभयो । ‘भूकम्पको समयमा जनताको घर टहरा निर्माण गर्नेदेखि नाकाबन्दीको सामना गरेर देशको शीर उचो बनाउने पार्टी एमाले हो’ गौतमले भन्नुभयो । उपाध्यक्ष गौतमले अहिले संविधान सांशोधनका नाउँमा नेपाली कांग्रेस र माओवादीले जनताको हकअधिकार कटौती गर्ने प्रयास गरेको वताउनुभयो ।
स्थानीय तहको सरकारलाई बलियो बनाउन नदिन अधिकार कटौती गर्ने खेलमा सरकार लागेकाले एमालेले त्यसको खवरदारी गरिरहेको उहाँको भनाई थियोे । ‘जनताको अधिकार काट्ने प्रयास भएकै कारण संविधान संशोधनमा एमालेले विरोध जनाएको हो’ उहाँले भन्नुभयो, ‘नेपाली भाषालाई प्रतिबन्ध गर्न खोज्ने स्थानीय, संघीय र प्रादेशिक सरकारको अधिकार कटौती गर्ने पार्टीको हामी बिरोध गर्छौं ।’ भन्नुभयो ।


