तेह्रथुम-धनकुटा हुदै काठमाण्डौं जादै गरेको रात्रिबस पल्टिदा सडक अबरुद्द
धनकुटा खबर, भदौ १५ गते । तेह्रथुम धनकुटा हुदै काठमाण्डौ जाने रात्रिबस सडकमा पल्टिदा कोशि राजमार्ग स्थित तेह्रथुमको लसुने म्याङ्कलुङ्क सडक अबरुद भई यात्रुहरु बिचल्लिमा परेका छन् ।

लालिगुँरास नगरपालिका–९ काँडेमा आज दिउँसो दुर्घटना भएको । तेह्रथुम सदरमुकाम म्याङलुङबाट काठमाण्डौ जाँदै गरेको ना.६ ख ७६९० नम्बरको मितेरी रात्रीबस लसुने नजिक काँडे भन्ने स्थानमा पल्टिएको स्थानिय प्रशासनले जानकारी दिएको छ ।
दुर्घटनामा परी म्याङलुङ्ग नगरपालिका–३ की फुलमाया तामाङ्क घाईते भएकी छन । सडकमा बस पल्टिएपछि आवतजावत हुन नसक्दा सवारी साधन रोकिएर बसेको स्थानीय सुरक्षा कर्मीले जानकारी दिएका छन ।


