दुई नम्बर प्रदेशमा आयुक्तको उच्चस्तरीय अनुगमन टोली

काठमाडौँ, १७ भदौ । आगामी असोज २ गते हुने २ नं प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहको निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोवस्तलगायतका सम्पूर्ण पक्षको अनुगमन गर्न निर्वाचन आयुक्त त्यसतर्फ जानुभएको छ ।

उच्चस्तरीय अनुगमन गर्न आयुक्तमध्ये धनुषा र महोत्तरीमा इला शर्मा, रौतहट र सर्लाहीमा नरेन्द्र दाहाल, पर्सा र बारामा ईश्वरीप्रसाद पौड्याल तथा सप्तरी र सिरहमा सुधीरकुमार शाह जानुुभएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा उहाँहरूले सम्बन्धित जिल्लास्थित कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजलगायतसँग छलफल र अन्तत्र्रिmया गर्नुहुने कार्यक्रम रहेको छ ।

हालैको बाढीबाट क्षतिग्रस्त सडक, कल्र्भट र पुलको मर्मतको अवस्था, मतदान स्थल र मतदान केन्द्रलगायत अवस्थाको अध्ययन गरी निर्वाचनका लागि आवश्यक व्यवस्थापन मिलाउन आवश्यकताअनुसार सम्बन्धित निकायलाई उहाँहरुले निर्देशन दिनुहुनेछ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।