नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ, १८ भदौ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल–भारतबीच रहिआएको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिविम्बन हुनुपर्ने बताउनुभएको छ ।

नेपाल भारत महिलामैत्री समाजले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–भारतका जनता–जनताबीच विद्यमान सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताउँदै भन्नुभयो, “सरकार र सरकारबीचको सम्बन्ध बेलाबखत खटपट हुनसक्छ तर जनस्तरको सम्बन्ध सधैंँ महत्वपूर्ण हुन्छ, मैत्री समाजले जनस्तरको सम्बन्धलाई सधैंँ प्रवद्र्धन गर्नुपर्छ ।”

नेपाल–भारतबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “भारत अङ्ग्रेजको समयमा छैन र नेपाल पनि राजामहाराजाको समयमा छैन, त्यस कारण राजनीति र राज्यस्तरमा पनि जनस्तरको जस्तै सम्बन्ध हुनुपर्छ ।”

दुई छिमेकी मुलुकको सम्बन्धलाई माथि उठाउन भएका क्रियाकलापलाई जनताको तहमा पु¥याउन आफूले सधैँ सहयोग गर्ने बताउँदै परराष्ट्रमन्त्री महराले शिक्षा, स्वास्थ्य र विकास निर्माणमा नेपाललाई भारतले पु¥याउँदै आएको सहयोगको सराहना गर्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖