धरानको भानुचोकमा स्कुटरलाई ट्रकले ठक्कर दिदा एक युवतीको मृत्यु (भिडियो सहित)
धरान । धरानको भानु चोकमा भर्खरै स्कुटरर्लाइ ट्रकले ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । धरान ११ शिवजी चाेक बस्ने २९ वर्षिय पुर्णिमा सुब्बाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी लैजाने क्रम बाटैमा उनको मृत्यु भएको हो । ट्रक र चालकलार्इ नियन्त्रणमा लिइएकाे र अन्य विवरण अाउन बाँकी रहेकाे इलाका प्रहरी कार्यलय धरानका डिएसपी रामेश्वर पाैड्यालले जानकारी दिएका छन । भिडियो सौजन्य : RA Jin


