राजपाबाट निर्वाचित भएपछि खुशियाली मनाउदा-मनाऊदै निर्वाचित महिला सदस्यको हृदयघातबाट निधन

सप्तरी । स्थानीय तहको निर्वाचनमा विजयी भएकी सप्तरीका एक जनप्रतिनिधिको सपथ लिन नपाउँदै निधन भएको छ ।

जिल्लाको हनुमाननगर–कंकालनी नगरपालिका २ बाट विजयी भएकी जसोदेवी खत्बेको बिहीबार बिहान निधन भएको हो । उनी राजपाबाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

बुधबार बिहान विजयी भएकी उनको बिहीबार बिहान आफ्नै घरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको हृदयघातबाट निधन भएको हो ।

निर्वाचित भएपछि गाउँमा खुशियाली साटासाट गर्दै आएकी उनको बिहीबार बिहान एक्कासी हृदयघात भएर निधन भएको स्थानीय अरुण यादवले जानकारी दिए । उनी २२५ मत ल्याएर दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् । उनका एक छोरा र दुई छोरी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।