माओवादी केन्द्रका मन्त्रीहरु हटाउने काम नगर्न देउवालाई निर्वाचन आयोगको चेतावनी

काठमाडौं, १९ असोज । प्रधानमन्त्री शेरवबदुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारीमा जुटिरहेको बेला निर्वाचन आयोगले भने अहिले मन्त्रीहरु हटाउने काम नगर्न चेतावनी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता लागु भैसकेकोले अब मन्त्रीहरु फेरबदल गर्ने, हटाउने वा थप्ने काम गर्न नहुने बताएका छन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा यादवले भने,‘अहिले आचारसंहिता लागु भएको अवस्था हो, यस्तो बेलामा मन्त्रीहरु हटाउने कुरा आयोगलाई मान्य हुँदैन्, यदि प्रधानमन्त्रीले त्यस्तो गर्नुभयो भने हामी जनताकहाँ जान्छौं।

प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनका पार्टीका शीर्ष नेताहरुसँग ’वान टु वान’ वार्ता र कानुन व्यावसायीसँग पनि छलफल गरेर माओवादी मन्त्रीहरुलाई बर्खास्तको तयारीमा गरेका हुन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖