भारतको कोठीबाट किशोरी र बालिकाको उद्धार

रत्ननगर, चितवन । मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ ।

भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी दिनुभयो ।

भारतको दिल्लीस्थित एक कोठीबाट उद्धार गरिएकी उनलाई भारतस्थित नेपाली दूतावाससँगको समन्वयमा आज चितवन ल्याइने घिमिरेले जानकारी दिनुभयो ।

यस्तै भारतको मुम्बइस्थित अर्काे कोठीबाट तीन बालिकाको समेत उद्धार गरिएको केआइ नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभयो । उद्धार गरिएका बालिकालाई अहिले मुम्बइको एक गैरसरकारी संस्थामा पुनःस्थापना गरिएको छ । उनीहरुको ठाउँ ठेगाना भने खुल्न सकेको छैन ।

सीमा क्षेत्रमा बढी निगरानी गर्दै आएको उक्त संस्थाले गएको एक वर्षमा नेपालका विभिन्न सीमा नाकाबाट झण्डै ६० जनालाई बेचिनबाट रोकेको जनाएको छ ।

चितवन जिल्लामा भने संस्थाले पुनःस्थापना केन्द्र नै सञ्चालन गरेको छ । पुनःस्थापनाको क्रममा रहेका चार जनाले औपचारिक शिक्षा लिइरहेको केआइ नेपाल चितवनले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।