पाथिभरा जाने यात्रु बोकेको ट्याक्सी दुर्घटना, २ को मृत्यु, २ जना गम्भीर घाइते

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा जाने यात्रु बोकेको ट्याक्सी दुर्घटना हुँदा मुत्यु हुनेको संख्या २ पुगेको छ । २ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी मोरङ उर्लाबारीकी २५ वर्षीय अनिता थापा घिमिरेको घटनास्थलमै र गम्भीर घाइते उर्लाबारी ४ कै २८ वर्षीय होमु घिमिरेको जिल्ला अस्पतालमा उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सदरमुकाम फुङलिङबाट यात्रु लिएर गएको मे १ ज १३०८ नम्बरको ट्याक्सी भालुगौडे भन्ने स्थानमा यात्रु ओराल्न पछाडी सार्ने क्रममा चिप्लिएर सडकबाट २ सय मिटर तल खसेको ट्रफक प्रहरी संगम मगरले बताए । गम्भीर घाइते हुनेमा उर्लाबारी ४ कै २६ वर्षीय दिलिप घिमिरे र इलामका २३ वर्षीय चालक अमित श्रेष्ठ रहेका छन् ।

अर्का घाइते उर्लाबारी ८ का २३ वर्षीय अनिलजंग थापाको अवस्था सामान्य रहेको मगरले बताए । घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । उक्त ट्याक्सीमा ६ जना सवार थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖