भैंसी चराउदा सेक्स गरेको देख्ने आफ्नै भाइको हत्या गर्ने दिदीले गरिन हिरासतमै आत्महत्या !
सिरहा । सिरहामा भाईको हत्या अभियोगमा प्रक्राउ परेकी उनकी दिदीले प्रहरी हिरासतमा आत्महत्या गरेकी छन् । प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको केही घण्टा मै कर्जन्हा नगरपालिका २ बस्ने १६ वर्षिय प्रियंका यादवले हिरासत कक्षको बाथरुममा आत्महत्या गरेकी हुन् ।

१३ वर्षीय बालक भवेशकुमार यादवको हत्यामा संलग्न आरोपमा उनलाई प्रहरीले प्रक्राउ गरेको थियो । सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाका अनुसार हिरासत कक्षबाट सेन्ट्रीलाई भनेर नुहाउन बाथरुम छिरेकी उनी ननिस्किएपछि खोजी गर्दा भेन्टीलेसनको ग्रिलमा सलले झुण्डिएको अवस्थामा आज अपराह्न साढे चार बजेतिर मृत अवस्थामा भेटिएको थियो । बालक हत्यामा संलग्न आरोपमा धनुषा धनौजीकट्टी ५ का १४ वर्षीय सञ्जयकुमार साह र सिरहा कर्जन्हा २ की १६ वर्षीया प्रियंका यादवलाई आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय मिर्चैयामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।
पत्रकार सम्मेलनपछि मिर्चैया प्रहरी कार्यालयमा ठाउँ नभएपछि प्रियंकालाई विष्णुपुरस्थित प्रहरी हिरासतमा लगिएको थियो । बन्दीपुरस्थित अक्सफोर्ड बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत मृतक भवेशले भैंसी चराउन गएका प्रियंका र सञ्जयकुमारबीच नर्सरीमा अनैतिक शारीरिक सम्बन्ध देखेपछि हल्ला हुने डरले दुवैले मार्ने योजना बनाएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनिहरु दुवै जनाले योजना अनुसारै कात्तिक ३ गते खुकुरी प्रहार गरी भवेशको हत्या गरेका थिए ।


