रेडियो नेपालको १ नं. प्रदेश स्तरीय प्रशिक्षण ईलाममा !
धनकुटा खबर, ईलाम । आसन्न निर्वाचनको रिपोटिङ्ग प्रभावकारी बनाउन रेडियो नेपालले प्रदेश नं. १ स्तिरीय प्रशिक्षण सन्चालन गरेको छ ।
३ दिन सम्म सम्म ईलाममा सन्चालन हुने उक्त प्रशिक्षणमा ओखलढुंगा बाहेक १३ जिल्लाका संवाददाताहरुको २५ जनाको सहभागिता रहेको छ ।

प्रशिक्षणमा रेडियो नेपालका मुख्य सम्पादक तथा तालिम प्रमुख जनार्दन बिश्ष्ट,समचार शाखाका उप–निर्देशक पवन प्याकुरेल,मुख्य सम्पादक सुनिल थापा,प्रमुख संवाददाता प्रमोद दाहाल र प्रशासकीय अधिकृत बिष्णु बहादुर तिवारीले प्रशिक्ष दिने कार्यक्रम रहेको छ ।

२२ गते बुधबार देखि २४ सन्चालन हुने उक्त प्रशिक्षणमा,रिपोटिङ्ग,समचारको बिषय बस्तु छनौट,प्रस्तुती,सन्तुन तथा समचार प्रशारणमा एक रुपता लगाएतका बिषयमा केनिद्रत भएर प्रशिक्षण दिईने आयोजकले जानकारी दिएको छ ।


