पुत्र-वियोगमा रहेका प्रचण्ड-दम्पती चुनावीसभामा !, मञ्च मै भक्कानिइन् सीता

चितवन । पुत्रवियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता चितवनको चुनावीसभामा सहभागी भएका छन्।

संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा सहभागी हुन दाहाल दम्पती आज चितवन आइपुगेका हुन्। उनीहरुका दिवंगत छोरा प्रकाशकी पत्नी बिना पनि सँगै आएकी छिन्।

चितवनको बसपार्कमा भएको चुनावीसभामा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन्।

मञ्चमा रहेका दाहाल दम्पती निकै भावुक अवस्थामा देखिएका छन्।

गत आइतबार हृदयाघातका कारण दाहालका एक मात्र पुत्र प्रकाशको निधन भएको थियो।

सभालाई माओवादी अध्यक्ष प्रचण्डले भने सम्बोधन नगर्ने उनको निजी सचिवालयले जनाएको छ। सभामा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ।

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रचण्डसँग राप्रपा प्रजातन्त्रिकका विक्रम पाण्डे प्रतिस्पर्धा गर्दैछन्। – नेपाल लाईभ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖