प्रचण्डपुत्र प्रकाशको सम्झनामा गीत गाउँदागाउँदै बिदा भए जनगायक पाख्रिन !

चितवन । वाम गठवन्धनले मंगलवार चितवनमा आयोजना गरेको सभामा गीत गाउँदा गाउँदै जनगायक तथा पूर्वसांसद खुसीराम पाख्रिन संसारबाट बिदा भएका छन् ।

हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा जनगायक पाख्रिन गीत गाउँदा गाउँदै ढलेका थिए ।

चिन्ताजनक अवस्थामा रहेका पाख्रिनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो । तर डाक्टरले ढिला भैसकेको बताएका थिए । अस्पातल र स्थानीय प्रहरीले उनको मृत्युको पुष्टी गरेका छन् ।

पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका थिए । माअ‍ोवादीको बहुचर्चित चुनवाङ वैठकमा प्रचण्ड र बाबुरामसहितका माओवादी नेतालाई रुवाउने गित उनी पाख्रिनले लेखेका थिए । उनी पहिलो सविधानसभामा उनी सांसद थिए । उनी भरतपुर महानगरपालिका १९ का निवासी हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖