स्यालको टोकाईबाट वडाध्यक्षसहित २८ घाइते

बझाङ, १० साउन । जयपृथ्वी नगरपालिका–४ गोलाईमा स्यालले आतंक मच्चाउन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् ।

बेलुकाको समयमा स्यालले सर्वसाधारण स्थानीयवासीलाई आक्रमण गर्ने गरेको स्थानीयवासी नरेन्द्र खातीले बताउनुभयो । अहिलेसम्म जयपृथ्वी नगरपालिका–४ गोलाईमा मात्र आइतबार साँझपख १५ जनाभन्दा बढीलाई स्यालले टोकेर घाइते बनाएका छन् ।

यस्तै, जयपृथ्वी नगरपालिका–३ पडेसमा समेत स्यालकै आक्रमणबाट झण्डै ६ जनाभन्दा बढी घाइते भएका छन् । बेलुका ७ बजेपछिको समयमा बाटोमा हिँड्ने बटुवा तथा जो कोही व्यक्तिलाई स्यालले आक्रमण गर्ने गरेको स्यालको आक्रमणबाट घाइते भएका गोलाईका सुशील खातीले बताउनुभयो । सदरमुकाम चैनपुरबाट घरजाने क्रममा स्यालले आफूसँगै रहेका अन्य चार जनालाई समेत आक्रमण गरी सामान्य घाइते पारेको उहाँको भनाइ छ ।

यस्तै, बेलुका सदरमुकाम चैनपुरबाट घर जानेक्रममा जयपृथ्वी नगरपालिका–४ का वडाध्यक्ष गगन खातीलाई समेत स्यालले आक्रमण गरी घाइते बनाएको छ । घाइते खातीको खुट्टामा टोकेपछि जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको खातीले बताएका छन् ।

यस्तै, पडेसमा रहेको आर्मी ब्यारेकमा समेत डिउटीमा रहेका सैनिकलाई पनि स्यालले आक्रमण गरी घाइते बनाएकोे छ । आइतबारदेखि आजसम्म २८ जनाभन्दा बढी स्थानीयवासीलाई स्यालले आक्रमण गरी घाइते बनाएको स्थानीयवासीले बताएका छन् । स्यालको आक्रमणबाट शेरबहादुर खाती, वीरेन्द्र सार्की, कविराज जोशी, गगन उपाध्याय, राजु उपाध्याय, सूर्य थापालगायत २८ जनाभन्दा बढी घाइते भएका हुन् ।

बेलुकी ७ बजेपछि बाटोमा हिँड्दा स्यालले आक्रमण गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बन्न थालेका छन् । बाटोमा एक्लै हिँड्नसमेत छोडेको स्थानीयवासी नरेन्द्रजङ्ग खातीले बताए । स्यालले स्थानीयवासीमाथि आक्रमण गर्न थालेपछि ७ बजेभन्दा पछि उनीहरु यो बाटो हिँड्न छोडेका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।