मध्यराती प्रधानमन्त्री ओलीलाई फोन गरेर मोदिले बधाई दिँदै यसो भने…

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिनुभएको छ । मोदीले फागुन ३ गते राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

टेलिफोन संवादमा महामहिम मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ । यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता मोदीले व्यक्त गर्नुभएको छ ।

टेलिफोन संवादमा प्रधामन्त्री ओलीले मोदीलाई आफूलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसंगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने कुरा पनि मोदीलाई बताउनुभएको स्रोतको भनाई छ ।

आजै मोदीले भारतीय राजदुत मञ्जित सिंह पुरी मार्फत प्रधानमन्त्री ओलीलाई एक शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायीत्व पाउने आशा व्यक्त गर्नुभएको छ ,साथै ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास व्यक्त गर्नुभएको छ । शुभकामना पत्रमा मोदीले नेपाल र भारतको प्रगाढ विश्वास,सद्धभाव र पारस्परिक विस्वासमा आधारित युगौं पुरानो सम्बन्धलाई विकाश गर्न आफूहरुले उच्च महत्व दिने र त्यसका लागि नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभएको छ ।

आजै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।