२३ लाख खर्चेको सिँचाइ योजना ५ वर्ष पनि टिकेन

जाजरकोट, ४ फागुन । रु. २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । जिल्लाको नलगाड नगरपालिका–८, हल्चौरमा रहेको सिँचाइ योजना ५ वर्ष पनि नटिकेको हो ।

स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा वढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउने भनी सिँचाइ योजना निर्माण गरिएको थियो । ५ वर्ष नबित्दै हल्चौरका स्थानीयवासीले सिँचाइ सुविधा उपभोग गर्नबाट वञ्चित भएका छन् । लिली हेल्भेटासको आर्थिक सहयोगमा मुलाखोलाबाट पाइपमा पानी ल्याई हल्चौर गाउँमा पाँचवटा प्लास्टिक पोखरीमा पानी जम्मा गरी स्थानीयवासीलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यले योजना निर्माण गरिएको थियो ।

योजना निर्माण गरेको ५ वर्ष बित्न नपाउँदै अहिले प्लास्टिक पोखरीको नाम निसान नै नभएको स्थानीयवासी गोरखबहादुर विकले बताउनुभयो । स्थानीय उपभोक्ता समितिका पदाधिकारीको नाफामुखी कार्यशैलीले गर्दा काम राम्रो नहुँदा योजना दिगो बन्न नसकेको विकको भनाइ छ ।

योभन्दा अगाडि यही ठाउँमा विश्व खाद्य कार्यक्रमबाट लाखाँैको योजना निर्माण भई सञ्चालनमा आएको १ वर्ष नबित्दै भत्किएको थियो । योजनाका पाइपहरु चोरी हुँदा पोखरी माटोले पुरिएको छ । पोखरी वरिपरि काँडेतार लगाएर सुरक्षित गराउने स्टिमेटमा भए पनि उपभोक्ता समितिले काँडेतार नलगाउँदा पोखरी जोगाउन समस्या भएको स्थानीयवासीको भनाइ छ ।

पोखरी मात्र होइन, पोखरीमा प्रयोग भएका पाइपसमेत चोरी भएको उपभोक्ताहरु बताउँछन् । अहिले पुरै गाउँ सिँचाइको अभावमा समस्यामा परेको छ । तीन वर्षको फरकमा योजना निर्माण हुँदै आएका छन् तर दिगो बन्न नसकेको स्थानीयवासी बताउँछन् । अहिलेसम्म तीनवटा योजना सिँचाइकै परेका छन् । ती सबै योजनाका उपभोक्ता समितिका अध्यक्षसमेत एकै जना मात्र रहेका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।