भुमीगतकालमा ओलीलाई सुरक्षाकर्मीबाट बचाउन पाटाको झल्लाले छोपेर खाटमुनि राखेकी रहिछन रुकमिणा काफ्लेले, गरिन यस्तो खुलासा – हेर्नुहोस भिडियो

– विष्णुप्रसाद पोखरेल
दमक । त्यो समय केपी शर्मा ओलीलाइ निक्कै चुनौती थियो । पञ्चायती शाषक (सुरक्षाकर्मी)ले उनलाइ खोजिरहेको थियो । जहाँ भेटेपनि गोली ठोक्न सक्थ्यो । घरमूलि काँग्रेस अर्थात पञ्चायत समर्थक । तर पनि रुकमिणा काफ्लेले आँट गर्नु भयो ओलीलाइ सुरक्षा दिएर घरमा राख्न ।

दिनभर खाटमुनी त कहिले ओछ्यानमा कपडा मिलाए जसरी सिरिकले छोपेर ओलीलाइ त्यो समय राखिएको रहेछ । ८६ बर्षिया रुकमिण काफ्ले अहिले कमल गाँउपालिका केर्खा बजारमा बस्दै आएकीछन् । दूइ बर्ष अघि ओली खोज्दै काफ्लेलाइ भेटन घरमा नै गएका थिए । दहि खाएर फर्केका थिए ।

उनकै छोरा दामोदर काफ्लेले पनि त्यो बेला ओलीको सारथी बनेर काम गरे । त्यो समयका निक्कै रोचक घटनाहरु पनि उनको मष्तिस्कमा घुमिरहेकाछन् ।

ओली प्रधानमन्त्री बन्द अहिले काफ्ले खुसि भएकाछन् । आफ्नो केहि स्वार्थ नरहेको बताउदै देशको हितमा काम होस भन्ने चाहाना राख्दछन् । शुक्रबार घरमा नै पुगेर ओली त्यो समयमा कस्ता थिए ? कसरी उनलाइ राखिएको थियो कुराकानी गरेकाछौ ।

https://youtu.be/9PUdqoHFpTo



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।