प्रधानमन्त्रीको मि र्गौला प्र त्यारोपण भएकै अ स्पतालमा पी डितले पोखे दुः ख ! प्रधानमन्त्रीज्यू, हाम्रो उ पचार हुँदैन ?

काठमाडौं, २६ फागुन । स्वेदशमै मि र्गौला प्र त्यारोपण सफल भएका कैंयौ उदाहरणहरु छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले पनि दोस्रो पटकको मि र्गौला प्र त्याराेपण त्रिवि शिक्षण अस्पतालमा गराउनुभयो । तर, त्यही अस्पतालमा कैंयौ मृ गौला रो गी औषधि र उपचार नपाएर छ टपटीमा छन् ।

सरकारले मि र्गौला प्र त्यारोपण निशुल्क हुने गरी निर्देशिकै बनाएर लागु समेत गरेको भनेको छ । तर, रकम नभएका कारण उपचार नपाएकाका गुनासाहरु प्रशस्तै आउने गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हिजो-आज यहाँ धेरै ‘भिआइपी’हरुको आवत-जावत बाक्लिएको छ । कारण, देशको प्रधानमन्त्री केपी शर्मा ओली मि र्गौला प्रत्यावरोपण गराएर स्वास्थ्यलाभमा हुनुहुन्छ । यही अस्पतालमा सामान्य नागरिक भने खर्च अभावमा प्र त्यारोपण गर्न नसक्ने अवस्थामा भौ तारिरहेका छन् ।

जसमध्ये पाँचथरका ३५ वर्षीय विनोद कार्की भेटिए । उनी वैदेशिक रोजगारीमा केही वर्षअघि साउदी अरब पुगेका रहेछन् । त्यहाँ दुबै मृ गौला फेल भएपछि उनी स्वदेश फर्किए । लामो समयदेखि मृ गौला प्र त्यारोपणको प्रतिक्षामा बसेका कार्की आर्थिक अभावका कारण विरत्तिएका छन् ।

उनीसँग अस्पताललाई बुझाउनुपर्ने रकम छैन । ११ लाख रुपैयाँ खर्च लाग्छ, अस्पतालले प्र त्यारोपणका लागि दिएको समय सकिसक्यो । तर, उही रकम नहुँदा निराश बन्नु बाहेक अर्को विकल्प छैन, उनीसँग ।

त्यसैले त कार्कीकी श्रीमती सोध्छिन्– ‘सरकारको (प्रधानमन्त्री) त मृ गौला प्र त्यारोपण भयो, हाम्रो चाँही कहिले ? सरकार आर्थिक सहायता गर्ने ८ रोग मध्ये मिर्गौला पनि एउटा हो । २०७४ बैशाख १ गतेबाट त त्रिवि शिक्षण अस्पताल सहित देशका ५५ अस्पतालमा निशुल्क मृ गौला प्रत्या रोपण हुने घोषणा गरिएको थियो । ‘मिर्गौला प्रत्यारोपण निर्देशिका,’ २०७४ ले यो व्यवस्था गरेको हो ।

यसमा आवस्यक रकम अस्पताललाई दिने र एक(एक लाख गरी दुईपटक वि रामीलाई औषधिका लागि उपलब्ध गराउने व्यवस्था छ । यही व्यवस्थाको आशामा अस्पतालको सामाजिक इकाई समक्ष निवेदन दिएका विनोदसँग कुर्नु बाहेक कुनै उपाय नै छैन ।

कार्की मात्र होइन, धेरै नागरिक कार्कीकै जस्तो स मस्याबाट पी डित छन् । त्यसैले सोध्छन्–प्रधानमन्त्रीज्यू, हाम्रो उपचार हुँदैन ?-न्यूज२४

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।