होलीको रंग न मेटिदै अ स्ताए पदम भण्डारी, अ धुरै रहयो अस्मिताको बिहेमा भेट्ने स पना

धनगढी: नेविसंघ डडेल्धुराका का’र्यवाहक सभापति पदम भण्डारीको नि’धन भएको छ। सोमबार होली खेलेर नु’हाउँन बाथरुम छि’रेका उनी मृ’त अवस्थामा भेटिएका हुन । उनी ग्यास ग्री’जर च’लाएर नुहाउन लागेको र मृ’त अवस्थामा भेटिएको भण्डारीका आफन्तले जानकारी दिएका छन्। उनी डडेल्धुरामा विभिन्न समाजिक कार्यमा सं’लग्न थिए।

‘अल बिदा दाई, एक छिन अगाडी होलीको रंग लगाउन नदिएर मैले ठूलो भुल गरे जस्तो लाग्यो। तिमीले अहिले नै संसार छोडछौ भन्ने कल्पना गर्न सक्दैन्। हजुरले डडेल्धुराका लागी गरेका काम सधै सम्झिनेछु।’ सोमबार साँझ ५ बजे डडेल्धुराका पत्रकार ललित बोहराले लेखेको स्ट्याटस हो यो। सोमबार दिनभरी होली खेलेर रमाएका डडेल्धुरा नेविसंघका कार्यवाहक सभापति पदम भण्डारीको नि’धनका खवर फैलियो तर धेरैले विश्वास गर्न सकेनन्।

तर डडेल्धुरा अस्पतालका डाक्टरले नै मृ’त घो’षित गरिसकेपछि अव भण्डारीको मृत्युको खवर झुटो हुन सक्दैन भन्नेमा विश्वस्त हुनुको विकल्प पनि छैन्। सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेका भण्डारी मृ’त भेटिएका थिए । फेसवुक मै उनी साथी अस्मिता भाटले लेखेकी छिन्, ‘अघि भर्खर भनेउ भोली बिहानै पुग्छु तिम्रो बिहेमा! आशा निराशा मा परिवर्तन भयो, विश्वास लागिरहेको छैन् साथी।

यहाँ पलभरमै के–के हुन्छ। तिम्रो आत्मालाई शान्ति मिलोस मेरो दोस्त।’ बुधवार अस्मिताको विहे थियो पदमले मंगलवार नै बिहेको तयारीका लागि पुग्ने खबर गरेका थिए सायद । सँगै दिन भर होली खेलेका उनका साथी सजनसिँह ठकुरी भन्छन, ‘हामी सँगै थियौ बजारभरी होली खेलेर मोटरसाइकलमा तु’फानडाँडा गएका थियौ। त्यसपछि नुहाउन जाने योजना भयो। हामी केही साथी खोलातिर लाग्यौ, पदम र अन्य साथी भने नुहाएर क्रिकेट खेल्ने योजनामा थिए।’

‘त्यसपछि छुट्टिएर खोलामा नुहाउँदै गर्दा फोनमा नराम्रो खबर आयो, हामी अहिले पनि प’त्याउनै सकिरहेका छैनौ’ उनले भावुक हुँदै भने । जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्वर १ बयडाका भण्डारी कलिलो उमेरमै सामाजिक कार्यमा सक्रिय थिए र राजनी तिमा पनि उज्वल भविष्य खोजिरहेका थिए। उनको मृत्युले समग्र डडेल्धुरा जिल्लालाई ठूलो क्षति पुगेको बताउँछन्, जेसिज डडेल्धुराका अध्यक्ष तथा पत्रकार बरुण पनेरु।

उनले भने, ‘भण्डारीको सामाजिक कार्यमा स’क्रियता निकै बढि थियो। जोगबुढामा झा’डा पखालाको प्र’कोप फै’लिएको समयमा उनले गरेको कार्य कहिल्यै बिर्सिन सकिन्न । आज डडेल्धुराले हो’नहार युवा गु’माएको छ । उनको मृ’त्युले समग्र डडेल्धुरा वासी स्त’ब्ध छन्।’ पछिल्ला केही वर्षयता भण्डारी डडेल्धुरावासीका हरेक पी’डामा मल्हम लगाउन सक्रिय थिए भण्डारी।

उनले बेला–बेला र’क्तदान कार्यक्रमको आयोजना गरेर धेरेको ज्यान जो’गाए भने जिल्लामा कपडा बैंक खोलेर विपन्न समुदायका सारथी समेत बने। थुप्रै क्रिकेट प्रतियोगीता खेलिसकेका उनी एउटा राम्रो खेलाडी समेत थिए। बाथरुममा बे’होस भेटिएका भण्डारीलाई डडेल्धुरा अस्पतालमा मृ’त घो’षित गरिएको थियो। डडेल्धुरा प्रहरीका अनुसार उनी ग्यास ग्री’जर च’लाएर नु’हाउन लागेका थिए। घ’टनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।