कोरोना सार्न लागेको आ,रोप लगाउँदै स्वा,स्थ्यकर्मीमाथि कु,टपिट

डोटी, जेठ २१ गते । जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आ,क्रमण गरी गम्भीर घा,इते बनाएको छ । गाउँको बाटो हिँड्ने क्रममा कोरोना स,ङ्क्रमण फैलिने भन्दै म,दिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उहाँलाई गा,लीगलौज गर्दै ढुङ्गामुढा प्रहार गरी घा,इते बनाएको बताइएको छ ।

स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बिनाकारण आफूमाथि आ,क्रमण गरेको घा,इते स्वास्थ्यकर्मी कुँवरको आ,रोप छ । आ,क्रमण गर्ने तिनै जनालाई प्रहरीले प,क्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिनुभयो । पक्राउ पर्नेमा शिखर नगरपालिका–७ का नवीन खत्री, रोशन खत्री र तेज लुहार छन् ।

स्थानीयवासीको कु,टपिट तथा आ,क्रमणबाट गम्भीर घा,इते भएका स्वास्थ्यकर्मी कुँवरलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिनुभयो । स्वास्थ्य सामग्री लिएर दानकोट स्वास्थ्यचौकी जाँदै गरेका कुवँरमाथि उनीहरुले आ,क्रमण गरेका थिए ।

स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई प,क्राउ गरी ल्याएको र आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी कुँवरमाथि कु,टपिटमा संलग्नलाई प,क्राउ गरेका छौँ, आवश्यक का,नूनी का,रवाही अगाडि बढाउने छौँ ।”
कोभिड–१९ जस्तो म,हामारी रो,गको नि,यन्त्रणका लागि आफ्नो ज्यानको परवाह नगरी दैनिक नागरिकको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कु,टपिटको यहाँका स्वास्थ्यकर्मीले वि,रोध गरेका छन् ।

नेपाल स्वास्थ्यकर्मी सङ्घ डोटीले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी घटनाको घोर भत्र्सना गर्दै दो,षीलाई तत्काल का,नूनी का,रवाही गर्नुपर्ने माग गरेको छ । कोरोना रोक,थाम तथा नि,यन्त्रणका लागि आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कु,टपिटले समग्र स्वास्थ्य क्षेत्रमा असर परेकाले तत्काल दो,षीलाई का,रवाही नगरे कडा आ,न्दोलन गरिने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।