दुर्गम विद्यार्थीको पी डा : गोठालो लागेर समय बिताउँदै

हेमन्त केसी

जाजरकोट, जेठ २१ गते । पाठ्यपुस्तक हातमा लिएर दैनिक विद्यालय जाने यहाँका अधिकांश बालबालिका बन्दाबन्दीका कारण घरायसी काममा व्यस्त भएका छन् ।

नाम्लो, डोको, हँसियाको साथमा घाँस, दाउरा सङ्कलन गरी अभिभावकलाई सघाउने काममा यहाँका बालबालिका व्यस्त रहेको पाइएको हो । देशका अन्य सुविधासम्पन्न ठाउँमा इमेल, इन्टरनेट, टिभी र रेडियो सुनेर दिन कटाउने बालबालिका दुर्गम तथा ग्रामीण क्षेत्रमा भने घरायसी काममा जोतिनुपरेको छ । बिहानै अभिभावकसँग काममा खटिने र बेलुकी घरमा पुग्ने गरेको जुनिचाँदे गाउँपालिका–१ की राधिका कार्कीले बताउनुभयो ।

“आजभोलि विद्यालय बन्द छ, त्यसैले यहाँका बालबालिका गाई, गोरु र भैँसीका लागि घास सङ्कलन गर्नेदेखि सल्ली कुसुम जम्मा गरी मल बनाउने काममा लागेका छन”, उहाँले भन्नुभयो, “आजभोलि विद्यालय बन्द हुँदा दिनभरि काम गरेर समय बित्छ ।” “बाबाआमालाई विभिन्न काममा सघाउँछौँ, विद्यालयले हाम्रो परीक्षा गराएको छैन”, उहाँले भन्नुभयो, “स्कूलभरि क्वारेन्टिन बनाएर भारतबाट आएका मान्छे बसेका छन् । अहिले विद्यालय प्रहरी, जनप्रतिनिधिको घेराबन्दीमा परेको छ ।”

बिहानै बाख्रा चराउन जङ्गलमा जाने र उत्तैबाट भैँसीलाई घाँस सङ्कलन गरेर ल्याउने काम गरेर दिन बित्ने गरेको भैरव माध्यमिक विद्यालय मजकोटका कक्षा ९ मा अध्ययनरत छात्रा सीता कार्कीको भनाइ छ । पहिले विद्यालयमा पढेर दिन बित्थ्यो, अहिले पशुचौपायसँग दिन बित्छ, उहाँले भन्नुभयो ।

मकै गोडमेलदेखि घरमा खाना बनाउनेसम्मका काममा अधिकांश विद्यार्थीले अभिभाभावकलाई सघाइरहेको उनीहरु बताउँछन् । नलगाड नगरपालिका–८ की लक्ष्मी केसी आजभोलि बाख्रा जङ्गल लगेर चराउने र बेलुकी घरमा ल्याउने गर्दै दिन बितेको बताउँछिन् । फुर्सदको समयमा रेडियो सुन्ने गरेको बताउने लक्ष्मीले अन्य ठाउँमा टिभी, अनलाइनमा पढाइ भइरहेको सुन्दा आफूदेखि रिस उठेर आउने गरेको प्रतिक्रिया दिइन् । उनले भनिन्, “फोन, टिभी र इन्टरनेटले काम नगर्ने ठाउँमा जन्मिएर भाग्यले ठगेछ । मनमा जति पढ्ने इच्छा भए पनि के गर्नु ? स्रोतसाधन केही छैन । मोबाइल चार्ज गर्न त सोलार खोज्दै दिनभरि समय खर्चिनुपर्छ ।”

उनीहरु त प्रतिनिधिमूलक पात्र मात्र हो, जिल्लाका सात स्थानीय तहका बालबालिका बन्दाबन्दी भएको समयदेखि घरायसी काममा जोतिनुपरेको छ । अभिभावकले जे काम गर्छन्, सोही अनुपातमा बालबालिकाले घरायसी काम गर्न बाध्य भएका छन् । विद्यार्थीले परीक्षासमेत दिन नपाएका कारण अन्योल भएको समेत उनीहरु बताउँछन् । बन्दाबन्दीदेखि नै किताबसँग भेट नभएको दावी उनीहरुको छ ।

गाउँ, गाउँमा रेडियोकोे समेत पहुँच नहुँदा कहाँ के भएको छ सजिलै थाहा नहुने उनीहरुको भनाइ छ । स्थानीय गाउँलेहरुले बजारबाट फर्किएपछि त्यहाँ सुनेको कुरा गाउँमा आएर जानकारी दिनु नै दुर्गम ठाउँमा सूचना वा सन्देश हो । बजार बन्द भएका कारण गाउँलेहरु सजिलै जान र आउनसक्ने अवस्था नहुँदा सामान्य जानकारी पाउन दुईदेखि तीन दिनसम्म पर्खनुपर्ने अवस्था छ ।

नयाँ पाठ्यपुस्तक विद्यार्थीको हातमा परेको भए स्वअध्ययन गरेर ज्ञान आर्जन गर्न सकिने यहाँका विद्यार्थी बताउँछन् । सदरमुकाम खलङ्गा र अन्य स्थानीय तह नजिकको ठाउँमा मात्र इन्टरनेट सेवा उपलब्ध छ । विद्यालयमा जोडिएका इन्टरनेटबाट जानकारी लिने विद्यार्थी त्यहाँ क्वारेन्टिन निर्माणपछि कोरोनाको त्रासले जान नसकेको बताउँछन् । आधारभूत र मावि तह मात्र होइन, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई समेत हैरान हुँदै आएका छन् । मध्यपश्चिम विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि त्यसको मार जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसमा पढ्ने विद्यार्थीमा परेको छ ।

सदरमुकामबाहेक गाउँमा इन्टरनेटले काम नगर्दा उच्च शिक्षा पढ्ने विद्यार्थीको दैनिक कक्षा छुट्दै आएको छ । अग्लोडाडाँमा गएर डाटाबाट अनलाइन कक्षा लिन खोजे पनि सो कार्य महङ्गा हुँदा अनलाइन कक्षामा सहभागी हुन नसकेको विद्यार्थीको भनाइ छ । क्याम्पसले अनलाइनबाट कक्षा लिन नसक्ने परीक्षामा सहभागी हुन नपाउने बताएपछि विद्यार्थी थप मारमा परेका छन् ।

जाजरकोटका ७० हजारभन्दा बढी बालबालिका घरायसी काममा अभिभावकसँग काममा जोतिनुपरेको छ । जाजरकोट मात्र होइन, छिमेकी जिल्ला डोल्पा, रुकुमपश्चिम र सल्यान जिल्लाका अधिकांश विद्यार्थीको समय अहिले घरायसी काम गरेर बितेका छन् । कन्दाबन्दीले दुई प्रकारका शिक्षाको विकास गरेको अभिभावक बताउँछन् । पहुँच र प्रविधिसँग नजिक भएका विद्यार्थी दैनिक बढिरहेको छन् भने दुर्गमका विद्यार्थी घरायसी काममा व्यस्त हुँदा शैक्षिक उपलब्धिमा घाटा लागेको छ । कसैले घाँस दाउरा, पशु चौपायसँग दिन बिताएका छन् भने कसैले सधैँ इन्टरनेटको माध्यमले ज्ञान आर्जन गरिरहेका छन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।