कोरोना जितेका यु वालाई नर्सले फूल दिईन् – प्रहरीले ह त क डी
गोकर्ण दयाल, बैतडी, जेठ २१ गते । कोरोना स,ङ्क्रमित २२ वर्षीय युवाले कोरोना जितेर उन्मुक्ति पाएको खुशीमा नर्सले फूल दिएर शुभकामना दिँदै गर्दा प्रहरीले ती युवालाई ह तकडी लगाएको छ । युवती ह,त्याको आ,रोपमा प्रहरी हि,रासतभित्र रहेका २२ वर्षीय युवा अमरसिंह साउद बुधबार कोरोनामुक्त हुनेबित्तिकै प्रहरीले ह तकडी लगाएर का रागार चलान गरेको हो ।
बैतडीको पहिलो कोरोना स ङ्क्रमित बैतडीको शिवनाथ गाउँपालिका – २ का २२ वर्षीय युवा अमरसिंह साउद युवती ह त्याको अनुसन्धानमा वैशाख १५ गतेदेखि प्रहरी हि रासतमा रहेका थिए । मु द्दा दर्ता भएर अदालत पेश गर्दा अदालतले युवालाई का रागार चलानग गर्ने आदेश दिएको थियो ।
का रागार चलान गर्नुअघि युवामा कोरोना चेकजाँच गर्दा यही जेठ ९ गते युवामा कोरोना स ङ्क्रमण पुष्टि भएको थियो । युवा गत चैत ६ गते भारतबाट फर्केका थिए ।
भारतबाट फर्केर गाउँकै एक युवतीसँग अमर साउदको प्रेम सम्बन्ध रहेको बताइएको छ । युवती मृ त्त अवस्थामा खोलामा फेला परेपछि युवतीका आफन्तले साउदमाथि ह त्याको आ रोप लगाएर प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
वैशाख १५ गते थुनामा राख्नुअघि युवाको द्रूत परीक्षण (आरडिटी) गर्दा भने कोरोना नेगेटिभ आएको थियो । प्रहरीले लामो सयम थु नामा राखेर मु द्दाको अनुसन्धान गरेर अदालतमा पेश गर्दा अदालतले कारागार चलान गर्ने आदेश दिएपछि मात्रै युवाको थ्रोट स्वाब सङ्कलन गरेर पीसीआर जाँच गर्न धनगढी पठाउँदा कोरोना पुष्टि भएको थियो ।
थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरेर थुनुवाको सम्पर्कमा आएका सबै प्रहरीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
स ङ्क्रमित युवाको सम्पर्कमा आएका मु द्दा फाँटदेखि अन्य प्रहरी सबैको कोरोना परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । कोरोना स ङ्क्रमण पुष्टि भएका २२ वर्षीय युवा जेठ ९ गतेदेखि २१ गतेसम्म जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा रहेको जिल्ला अस्पताल, बैतडीका डाक्टर बसन्तराज जोशीले जानकारी दिनुभयो ।
अस्पतालको आइसोलेसनमा रहेका युवाको पहिलो र दोश्रो पीसीआर रिपोट नेगेटिभ आएकोले अस्पतालबाट फूल दिएर डिस्चार्ज गरिएको डाक्टर जोशीले बताउनुभयो ।
अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै २२ वर्षीय युवालाई सम्मानित अदालतको आदेश अनुसार का रागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका निमित्त प्रमुख किसन चन्दले जानकारी दिनुभयो ।
चन्दले भन्नुभयो, ‘कोरोनामुक्त भएका साउदलाई अ दालतको आदेश अनुसार बुधबार नै पुर्पक्षका लागि का रागार चलान गरेका छौँ । ’ कोरोनामुक्त हुँदा खुशी देखिएका युवा का रागार चलान हुँदा नि राश देखिन्थे ।-गोरखापत्र अनलाइन


