मनाङमा देखा प-यो लोपोन्मुख सेतो हिमाली गिद्ध

मनाङ, जेठ २२ गते । ‘सेतो हिमाली गिद्ध मनाङ’मा देखा पर्न थालेको छ । सो प्रजातिको गिद्धलाई विश्व संरक्षण सङ्घ (आइयुसिएन)ले सन् २०१७ मा लोपोन्मुख पंक्षी बर्गमा राखेको थियो ।

विश्वमा २३ प्रजातिका गिद्ध पाइने भए पनि नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । खैरो गिद्धबाहेक अन्य आठ प्रकारका गिद्धलाई नेपालमा लोपोन्मुखको सूचीमा समावेश गरिएको छ ।

नेपालका प्रसिद्ध पंक्षीविद हेमसागर बरालले घरपालुवा चौपाया बिरामी परेको अवस्थामा उपचारगर्दा डाइक्लोफिनाक लगायत एनएसएआइडीजस्ता औषधिको प्रयोग गरिनु नै गिद्ध लोप हुनुको मुख्य कारण भएको बताउनुभयो ।

ती औषधिको प्रयोग गरी उपचार गरेका गाईबस्तु एक÷दुई हप्ता नबित्दै म,रेको खण्डमा त्यसरी म,रेका गाईबस्तुको सिनो खाएपछि यात गिद्ध मर्ने वा अन्यत्र सर्ने गर्छन् । यसले गर्दा नेपालमा गिद्धको सङ्ख्या घट्दै गएको उहाँले बताउनुभयो

गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा लिइन्छ । यसले मरेका र सडेगलेका सिनो खाइदिँदा दु र्गन्ध र त्यसबाट उत्पन्न रोग व्याधीबाट मानिसलाई सुरक्षित बनाउने काम गर्छ । लामो समयको बन्दाबन्दीका कारण वातावरणमा देखा परेको परिवर्तनसँगै ती जातका गिद्धहरु आहाराको खोजीमा यहाँ आइपुगेको विज्ञहरु बताउँछन् ।

यसैगरी गिद्धलाई आहाराको कमी हुनाका साथै यसलाई बसोबास र बच्चा उत्पादनका लागि आवश्यक पर्ने वनजङ्गलमा आवश्यक पर्ने सिमलका रुख मासिनुले पनि यिनीहरु बसाइँ सर्ने गर्छन् । यसको वासस्थान कमी भएपछि बसाइँ सर्नाले पनि यो गिद्ध लोप हुँदै गएको मानिन्छ ।

आजकाल भने हिमाली प्रजातिका गिद्ध करिब १०० को सङ्ख्यामा एउटै समूहमा आहाराको खोजी गर्दै आउन थालेका समूहमा भेटिने गरेको छ । नेपाललाई सबैभन्दा धेरै प्रजातिको गिद्ध एकै स्थानमा पाउने मुलुकको सूचीमा समेटिएको छ भने एसियामा १६ प्रजातिका र उत्तर र दक्षिण अमेरिकामा सात प्रजातिका गिद्ध पाइन्छन् । भेटिएका मध्ये अधिकांश पाँच वर्षमुनिको रहेको चरा विज्ञ बरालको भनाइ छ । गिद्धको सरदर आयु ५० वर्षको हुने उहाँ बताउनुहुन्छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।