प,हिरोमा पुरिएर दुईको घ,टनास्थलमा नै मृ त्यु

अमृतप्रसाद पौडेल

बेनी, जेठ २८ गते । जिल्लाको रघुगंगा गाउँपालिका–६ पाखापानी कोटगाउँमा पहिरोले पुरीँदा दुई जनाको घटनास्थलमै मृ त्यु भएको छ ।

मंगलबार राती ११ बजे सुतिरहेको अवस्थामा एक्कासि पहिरो आउँदा दलप्रसाद शेपुञ्जाको श्रीमती ५० वर्षिया हमायाँ शेरपुञ्जा र रोशनी शेरपुञ्जाकी ४ वर्षिया छोरी सिम्रन छन्त्यालको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर ध्रुब शर्माले बताउनुभयो ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार सडक निर्माण गर्दा फालिएको माटोले नै पहिरोको रुप लिएर घर पुरेको बताउनुभयो । केही समय पहिला त्यस क्षेत्रको बस्तीका मानिसहरुलाई अन्यत्र स्तान्तरण गरीएको भए पनि उनीहरु हिजो बेलुका घर पुगेर सुतेका कारण यस्तो घटना भएछ– अध्यक्ष भण्डारीले भन्नुभयो । मृ तकहरु हजुआमा र नातीनी रहेको समेत अध्यक्ष भण्डारीले बताउनुभयो ।

ढुंगा माटोले बनेको कच्ची घरमा सुतिरहेको अवस्थामा रातीको वर्षा सँगै आएको पहिरोमा परि मृ त्यु भएको शर्माले बताउनुभयो । पहिरो गएको जानकारी प्राप्त हुनासाथ घटानस्थलमा राती १ बजे नै प्रहरी चौकी पाखापानीका प्रहरी सहायक निरिक्षक ढकबहादुर हमालको टोली उद्धारका लागि खटिएको थियो । घटनास्थल पुग्दा प्रहरीले दुवै जनाको स ब फेला पारेको थियो । घटनास्थल सदरमुकाम बेनी बाट २८ किलोमिटरको दुरीमा पर्दछ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖