तयार भए सौराहाका होटल क्वारेन्टाइन बनाउन

चितवन, जेठ ३० गते । सौराहाका होटल सञ्चालकले पहिलो चरणमा क्वारेन्टाइनका लागि २९ वटा होटल दिन तयार भएका छन् । ती होटलमा ५०० जना अट्ने जनाइएको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलको सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पठाइसकिएको छ । सूचीमा प्रतिव्यक्ति रु दुई हजारदेखि तीन हजारसम्म खाना र बसाइको दररेट राखिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ पाँच हजार क्षमतासम्मको होटल दिन सक्छौँ ।” सौराहामा १२० वटा होटल रहेका छन् । लकडाउनसँगै पर्यटक नभएपछि सबै होटल बन्द छन् ।

यसैगरी भरतपुर क्षेत्रका २२ वटा होटलले क्वारेन्टाइनका लागि दिन सकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ र होटल व्यवसायी सङ्घले नौ÷नौवटा होटल क्वारेन्टाइनमा दिनका लागि तयार भएको जनाएका छन् ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष दीपक ढकालका अनुसार यसका अतिरिक्त नेपाल होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले आफ्नो दुईवटा होटल पनि क्वारेन्टाइनमा दिनका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्नुभएको छ । यसअघि नै अन्य दुईवटा होटल पनि क्वारेन्टाइनका रुपमा प्रयोगमा आइसकेको छ ।

अध्यक्ष ढकालका अनुसार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आसपासका क्षेत्रमा रहेका होटललाई भने त्यहीको बिरामी राख्नुपर्ने भएकाले क्वारेन्टाइनमा दिने सूचीमा राखिएको छैन । यस क्षेत्रका होटलले प्रतिव्यक्ति रु एक हजारदेखि एक हजार ५०० सम्म दररेट राखेका छन् ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष चुकेले स्थानीय प्रशासनलाई निर्णय गरिदिन आग्रह गरिएको र पहिलो चरणका होटलको टुङ्गो लागेसँगै अन्य होटल क्वारेन्टाइनमा दिन तयार रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सबै होटललाई स्पष्टरुपमा दररेट राखेर सूची पठाउन आग्रह गरिएको बताउनुभयो । हालसम्म होटलको माग नभएको भन्दै उहाँले माग भएमा तत्काल निर्णय गरेर सूची सार्वजनिक गरिने बताउनुभयो । हाल जिल्लामा बाहिरबाट आएका व्यक्ति स्थानीय क्वारेन्टाइनमा बसिरहेका छन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।