डिपोमा चामल सकियो, बाहिरबाट महंगोमा किन्नुपर्ने बाध्यता

बाजुरा, जेठ ३० । बाजुराको कोल्टीस्थित खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडकोे डिपोमा चामल सकिएपछि स्थानीय समस्यामा परेका छन्।

जिल्लाभरको खाद्यान्न संकट समाधानका लागि स्थापना भएको सो डिपोमा चामलको अभाव भएपछि लकडाउनको समयमा विपन्न जनतालाई चामल वितरण गर्न सकेको छैन। कम्पनीले सार्वजनिक सूचनामार्फत डिपोमा चामल सकिएको भन्दै यही जेठ २१ गतेबाट अर्को सूचना जारी नहुँदासम्म चामल बिक्रीमा रोक लगाएको छ।

आर्थिक वर्ष २०७६/७७ मा ढुवानी अनुदानको चामल सात हजार क्विन्टल बिक्री वितरण भइसकेको र कम्पनीको गोदाममा न्यूनतम मौज्दात भएकाले वितरण रोकेको डिपो प्रमुख नवीनप्रसाद आचार्यले बताए।
विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला खाद्य कम्पनीमा चामल सकिनु बाजुरामा खाद्य संकट शुरुवातको संकेत भएको नागरिक समाज बाजुराका संयोजक जनेश भण्डारीको भनाइ छ। हातमा पैसा भए पनि डिपोमा चामल नरहेकाले बजारमा महँगो मूल्यमा किनेर खाने गरेको बूढीनन्दाका स्थानीय प्रयागराज उपाध्यायले बताए।

जिल्लाका व्यापारीहरुले लकडाउनको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा मूल्य बढाएका छन्। व्यापारीले एक बोरा चामलमा २ सयदेखि ३ सयसम्म मूल्य बढाएको स्थानीयवासीको भनाइ छ। लकडाउन र बर्खा लागेको भन्दै व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाए पनि अहिलेसम्म बजार अनुगमन भएको छैन। लकडाउले दैनिक रोजगारीमा जान पनि समस्या भएको र पारिश्रमिक पनि समयमा नपाएका बेला अझ महंगो चामल किनेर खानुपरेको स्थानीयवासीको गुनासो छ।

लकडाउनको समयमा खाद्यले आपूर्ति व्यवस्थालाई सहज बनाउन नसक्दा विपन्न परिवार महंगो मूल्यको चामल खान बाध्य छन्। एकातिर यो महामारीको समयमा खाद्य संकट, अर्कोतिर कोल्टी क्षेत्रका स्थानीय हाटबजारमा बजार अनुगमन नहुँदा दैनिक उपभोग्य सामानमा कालोबजारी भएको भए पनि अनुगमनमा कुनै वास्ता नभएको त्यहाँका स्थानीयवासीको गुनासो छ।

कोल्टीमा रहेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीको डिपो बूढीनन्दा नगरपालिका, स्वामिकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकाको सेवा क्षेत्रभित्र पर्ने गरेको छ। खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी बाजुरा शाखाका प्रमुख मेखराज ओझाले चामल सकिएको र अब बाँकी ६०० क्विन्टल मौज्दात पनि केही दिनबाट बिक्री गर्ने योजना रहेको बताए।

‘चामलको मौज्दात सकिएको बारे जानकारी सुदूरपश्चिम प्रदेश तथा संघीय सरकारलाई जानकारी गराएका छौँ, दुई हजार क्विन्टल थप चामल माग पनि गरेका छौँ, अहिलेसम्म माथिबाट कुनै जानकारी आएको छैन’ ओझाले भने।

डिपोमा चामल किन्न जाने गरे पनि चामल बिक्री नगर्ने बताएपछि फिर्ता हुने गरेको स्थानीयवासी मालती रोकायाले बताइन्।

प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले चामल अभावबारे आफूलाई कुनै पनि जानकारी नभएको बताए। उनले त्यसबारे बुझेर समस्या समाधान गर्ने आश्वासन पनि दिए। यता मार्तडीमा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी शाखामा भने अझै ९०० क्विन्टल चामल मौज्दात रहेको र केही चामल आउँदै गरेको मार्तडी शाखा प्रमुख मेघराज ओझाले बताए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।