नदी उत्खननले बाढीको जोखिममा टीकापुर

भजनी, जेठ ३१ गते । कैलाली जिल्लाको टीकापुर नगरपालिकाअन्तर्गत पर्ने कर्णाली नदीबाट जथाभावी नदीजन्य पदार्थको उत्खनन हुन थालेपछि टीकापुर बाढी र डुबानको उच्च जोखिममा परेको छ । नगरपालिकाले नदीजन्य पदार्थको उत्खननका लागि निश्चित मापदण्ड बनाएर ठेकेदार कम्पनीलाई ठेक्का सम्झौता दिएको भए पनि ठेकेदार कम्पनीले मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन गरेपछि टीकापुर बाढी र डुबानको जोखिममा पर्ने देखिएको हो ।

रेखा निर्माण सेवालाई वार्षिक रु ५२ लाखमा नगरपालिकाले ठेक्का दिएको भए पनि नदीबाट जथाभावी उत्खनन गरिँदा नदीले कटान शुरु गरेसँगै टीकापुर नगरपालिका बाढी र डुबानको उच्च जोखिममा परेको छ । गत वर्ष पनि वर्षात्को समयमा कर्णाली नदीले कटान गर्न थालेपछि टीकापुरवासीले त्रासमा बस्नुपरेको थियो ।

स्थानीयवासी उपेन्द्र साउदले नदीजन्य पदार्थको उत्खनन गरी आम्दानीको स्रोत बनाउनु राम्रो भए पनि त्यसको अनुगमन हुन नसक्दा ठेकेदारको मनपरीले विपत्ति ल्याउने बताउनुभयो । कर्णाली नदीसँगै सामुदायिक वनसमेत जोडिएका छन् । अहिलेसम्म सयौँ बिघा वन क्षेत्र नदीको चपेटामा परिसकेको छ भने रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गर्दै आएको तटबन्धको काम पूरा हुन नसक्दा जोखिम कम हुन नसकेको गुनासो वर्षेनी आउने गरेको छ ।

नगरपालिकाका इञ्जीनियर नवराज जोशीले ठेक्का सम्झौताको बारेमा आफूहरुलाई थाहा नहुने बताउँदै राजश्व शाखालाई देखाउनुभएको छ । “नदीजन्य पदार्थको उत्खननको कुरा हामीलाई थाहा छैन”, इञ्जीनियर जोशीले भन्नुभयो, “त्यो राजश्वले हेर्छ ।”

त्यस्तै टीकापुरमा सडक निर्माण कार्य सञ्चालन नहुँदा वर्षात्को समयमा डुबानको जोखिम बढेको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट टीकापुर नगरपालिका–१ को ‘ब्लक ए’ भित्रका सडक कालोपत्र र नाली निर्माणको काम लकडाउनका कारण रोकिएको छ भने टीकापुरको जमरा पुलदेखि बसपार्कसम्म निर्माण भइरहेको ६ लेनको सडक निर्माणकार्यसमेत सञ्चालन हुन नसकेपछि सडक किनारामा भइरहेको ढल निर्माण कार्य पनि रोकिएको छ । निर्माण कम्पनीले निर्माण सामग्री लथालिङ्ग अवस्थामा छोडेका कारण वर्षात्को समय शुरु नहुँदै सामान्य झरीमै बजार क्षेत्रमा डुबान हुन थालेको छ ।

डुबान हुन थालेपछि टीकापुर नगरपालिकाले आफ्नो स्काभेटरको प्रयोग गरी केही ठाउँमा निकास खोल्ने कामसमेत गरेको छ । नाली बनाउँदा थुपारेको माटोका कारण पानी निकास हुने अवस्थामा छैन । निर्माण कम्पनीका इञ्जीनियर गगनसिंह शाहीले अहिलेकै अवस्थामा काम अगाडि बढाउन नसकिने भन्दै डुबानको जोखिमलाई कम गर्न निकास खोलिने बताउनुभयो । उहाँले बन्दाबन्दीको समयमा काम गर्न खोजेको बताउँदै नगरपालिकाले कामको अख्तियारी नदिएको बताउनुभयो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।