सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र;चन्द्रागिरिको चार वर्ष

अच्युत रेग्मी,काठमाडौँ, ११ भदौ । चन्द्रागिरि नगरपालिकका सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरप्रमुख घनश्याम गिरीको नेतृत्वमा नगरवासीलाई सुलभरूपमा उपचारको व्यवस्था गर्न सबै १५ वटै वडामा उक्त केन्द्र स्थापना गरिएको हो ।

यसैगरी थानकोटमा १५ श्ययाको बर्थिङ सेन्टर (नगरस्तरीय अस्पताल)सञ्चालनमा ल्याइएकामा २५ श्यया बनाइने भएको छ ।

विसं २०७४ जेठ १० मा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै यहाँको विकासले फड्को मार्दै आएको हो । कोरोना सङ्क्रमण फैलिँदै गएकाले तीन स्थानमा अक्सिजनसहितको सुविधासम्पन्न आइसोलेसन सेन्टर स्थापना गरिएको र अशक्त बिरामीलाई थप उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल पठाउने गरिएको प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो ।

भू,कम्पले क्षति गरेको २४सामुदायिक विद्यालय पुनःनिर्माण गरिएको र चन्द्रागिरिको चिनारी झल्कने गरी स्थानीय पाठ्यक्रम निर्माणमा गर्न लागिएको छ । वडा नं १२ गुर्जुधारामा झण्डै रु २५ करोडको लागतमा नगरपालिकाको भवन निर्माण गर्न लागिएको छ । पन्ध्रमध्ये ११ वटा वडा भवन निर्माण भइसकेको र दुई वटाका लागि बोलपत्र आह्वान भइसकेको र दुईको काम बाँकी रहेको नगरप्रमुख गिरीले बताउनुभयो ।

अधिकांश स्थानमा आफ्नै स्रोत उपयोगमा ल्याएर सबै पुरानो बस्तीमा खानेपानी पु¥याउन तीव्र गतिमा काम गरिरहेको बताइएको छ । बाह्र किलोमिटर सडक मुख्य राजमार्गका साथै नगरभित्रका झण्डै ७५ प्रतिशत सडक कालोपत्र र ढलान गरिएको छ ।

पिप्लामोडदेखि नागढुङ्गा, थानकोट हुँदै कलङ्कीसम्मको मुख्य सडकमा सिसी क्यामरा र सडक बत्ती जडान, बीच बाटोमा बिरुवा रोपण, सडकमा रङ्रोगन र डिभाइडर राख्ने काम गरिएको छ । एम्बुलेन्स र दमकल खरिद गरिएको छ । नगरप्रहरी राख्नका लागि विभिन्न वर्षमा बजेट विनियोजन गरिएकामा ऐन निर्माण नभएकाले ढिलाई भएको नगरप्रमुख गिरीको भनाइ थियो ।

चालिस हजार घरधुरी रहेको नगरमा एक वडा एक उद्यान निर्माण गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण सहयोगमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारीमा छ ।

सुरुङमार्गले झण्डै ३०० रोपनी जग्गा र ४० घरलाई असर पार्ने भएकाले पीडितलाई मुआब्जा वितरणका लागि सहजीकरण गरिएको र वैशाख १२ को विनासकारी भूकम्पले क्षति पुगेको मठमन्दिर पुनःनिर्माण गरिएको नगरप्रमुख गिरीले बताउनुभयो ।

झण्डै दुई लाख स्थायी र अस्थायी जनसङ्ख्या रहेको नगरपालिकाले अझैसम्म फोहरमैला व्यवस्थापन गर्न सकेको छैन । यसैगरी बल्खुखोला करिडोर निर्माण, प्रविधियुक्त नगरपालिका निर्माण गर्न पनि बाँकी रहेको नगरप्रमुख गिरीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।