ऐतिहासिक राखु भगवती कोत मन्दिर पुनःनिर्माण

म्याग्दी, १२ भदौ । म्याग्दीको ऐतिहासिक राखु भगवती कोत मन्दिर पुनःनिर्माण गरिएकोे छ । पुरातत्व विभागको बोलपत्र आह्वानमा ठेक्का पाएको मिलिजुली–किवेष्ट जेभीले रघुगङ्गा गाउँपालिका–२ स्थित उक्त मन्दिर पुनःनिर्माण गरेको हो । कम्पनीले करसहित रु ६९ लाख ३० हजार ५६६को लागतमा निर्माण गर्न विसं २०७७ फागुन २३ मा ठेक्का सम्झौता गरेकामा पाँच महिनामै सम्पन्न गरेको वडाध्यक्ष रिम कटुवालले बताउनुभयो ।

पुरानै शैलीमा निर्माण गरिएको मन्दिरमा सिमेन्ट र रड सटृा चुना, सुर्की, गिटी र बालुवा प्रयोग गरिएको कम्पनीका प्रतिनिधि राजीव ढुङ्गेलले बताउनुभयो । सत्रौँ शताब्दीमा निर्माण गरिएको मन्दिरमा दैनिक नित्य पूजाका साथै चैते र बडादशैँका बेला विषेश पूजा हुन्छ । दशैँको पूजामा यहाँ बलि चढाउने गरिन्छ ।

धौलागिरि आइसफल पदमार्गले छोएको मन्दिर परिसरबाट कालिगण्डकी नदी, पुलाश्रम, पञ्चकोटसँगै अन्नपूर्ण र नीलगिरि हिमाललाई सहजै नियाल्न सकिन्छ । यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न जोड दिइएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र कटुवालले बताउनुभयो ।

सदरमुकाम बेनीदेखि चार कोष उत्तरमा कालिगण्डकी र रघुगङ्गा नदीको दोभानको शिरमा रहेको यस मन्दिर आउन बेनी–गलेश्वर–पिप्ले–भगवती सडकले सहज बनाउनाका साथै पैदल यात्रा पनि गर्न सकिन्छ । तत्कालीन राखु भगवती र राखु पिप्लेकोे साझा कोतका रुपमा चिनिँदै आएको मन्दिरको इतिहास नेपाल एकीकरण हुनुअघि विभिन्न भुरे र टाकुरे राजा तथा १४ देखि १७ औँ शताब्दीका बाइसे चौबिसे राज्यका राजासँग जोडिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖