आफन्तको मलामी गएका एक युवक खोलामा बगेर बे,पत्ता
बैतडी, १३ भदौ । आफन्तको मलामी गएका एक युवक खोलामा बगेर बे,पत्ता भएका छन्। बे,पत्ता हुनेमा सिगास गाउँपालिका–२ का २२ वर्षीय प्रकाशसिंह धामी रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
मलामी गएका ती युवकलाई नुहाउने क्रममा आज बिहान १०ः०० टुँडे खोलाले बगाएको हो । बेपत्ता ती युवकको खोजी भइरहेको छ ।
यस्तै मलामी गएका नरेन्द्रसिंह धामी, वीरेन्द्रसिंह धामी, नन्द धामी र वीरेन्द्र धामीलाई पनि खोलाले बगाएको थियो । उनीहरुको मलामी गएका व्यक्तिले सकुशल उद्धार गरेका छन् ।
यो पनि पढ्नुहोस्..
नेपा, १३ भदौ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बिपी राजमार्गअन्तर्गत कटुञ्जेस्थित सडकमा गुडिरहेको मोटरसाइकलमा आज बिहान माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृ,त्यु भएको छ ।
प्रहरीका अनुसार धुलिखेलबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ७४९० नं को मोटरसाइकलमा सवार दुई जनालाई ढुङ्गा लागेर घाइते भएको र उपचारका क्रममा एक व्यक्तिको मृ,त्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार मृ,त्यु हुनेमा महोत्तरीको रामगोपालपुर घर भएका वर्ष २८ का सरोजकुमार साह रहेका छन् ।
मोटरसाइकल चालक साहको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृ,त्यु भएको हो । साहको शव अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलका पछाडी सवार रहेका धनुषाको रामानन्दचोक घर भएका वर्ष ३० का सतिसकुमार साहको भने घाइते भई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहको पेट र अनुहारमा चोट लागेको र उहाँको अवस्था सामान्य रहेको छ ।


