प,हिरो खस्दा तीन जना घा,इते , आठ घरमा क्ष,ति
बेनी, १४ भदौ । बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा प,हिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्ष,ति पु¥याएको छ ।
पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा प,हिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो ।
कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले आज बिहान खसेको पहिरोले नदीमा छाल र बा,ढी बजारतर्फ आउँदा आठ घरमा क्ष,ति पु¥याएकोे जानकारी दिनुभयो । उहाँका अनुसार बा,ढीले घर भत्कदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते हुनु भएका र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि बेनी अस्पताल पु¥याएका थिए ।
उहाँले अहिलेपनि पहिरो खस्ने क्रम नरोकिएको र कालीपुल बजारका ३० घर थप जोखिममा परेको जानकारी दिनुभयो । मध्यरातमा अविरल वर्षासँगै ठूलो आवाजमा प,हिरो खसेपछि स्थानीयवासी भागदौड गरेर कालीपुलको माथिल्लो भागमा पुगेका थिए । स्थानीयवासीले रातभर सडकका पेटीमै आश्रय लिएका थिए ।
“पहिरोसँगै घरभित्रै नदीको बा,ढी आयो, वृद्धवृद्धालाई बोकेर सुरक्षित स्थानमा सा¥यौँ, अझै जोखिम टरेको छैन, पहिरो खसेको ठाउँमा थप पहिरो जाने जो,खिम छ”, स्थानीयवासी सुरेश पुनले भन्नुभयो । उहाँका अनुसार बजारमा आएको छालले घरसँगै शौचालय, खानेपानीलगायतमा समेत क्षति पु¥याएको छ । छालले नदी नियन्त्रणको लागि बनाएको पर्खालमा लगाइएको फलामको तारबारसमेत पूर्णरुपमा भत्काएको छ ।
यसैबीच प,हिरो र बा,ढीको चपेटामा परेको कालीपुल क्षेत्रको अवस्थाका बारेमा बेनी नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् । पहिरो खसेर आएको बा,ढीले पु¥याएको क्ष,तिको बारेमा अवस्था बुझ्ने काम गरिएको र थप जोखिम नटरेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको वडा नं ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।


