प,हिरो खस्दा डुम्रे–बेँसीेशहर सडक अवरुद्ध

दमौली, १४ भदौ । केही दिनदेखि परेको वर्षाका कारण आज प,हिरो खस्दा डुम्रे–बेँसीेशहर सडक अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–८ पानसय डाँडामा आज बिहान ९ः३५ बजे पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।

बाटो खुलाउनका लागि सडक विभागको स्काभेटर लमजुङबाट आउँदै गरेको र बाटो सञ्चालन हुन दुई÷तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

पृथ्वीराजमार्ग सञ्चालन

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास–३ मादी पुल नजिकै खसेको प,हिरो हटाएपछि राजमार्ग सञ्चालन भएको छ । केही दिनदेखि परेको वर्षाका कारण आज बिहान खसेको पहिरो हटाएर राजमार्ग सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

सडकमाथिबाट खसेको प,हिराले बाटो दुईतर्फी अवरुद्ध भएकामा स्काभेटरको प्रयोग गरी पहिरो सफा गरिएको प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सवारीको चापलाई मध्यनजर गरी एकतर्फी राजमार्ग सञ्चालन गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत जिल्लाका अन्य ठाउँमा भने अहिलेसम्म अवरोध नरहेको प्रहरीले जनाएको छ ।

छाब्दीमा आएको बा,ढीले डाइभर्सन बगायो

व्यास नगरपालिका वडा नं १ र १३ जोड्ने छाब्दी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण छाब्दी खोलामा आएको बा,ढीले त्यहाँ निर्माण गरिएको डाइभर्सन बगाएको हो ।

गत असार १७ गते आएको बा,ढीले पक्की पुल भ,त्काएपछि नगरपालिकाले उक्त ठाउँमा असार २७ गतेदेखि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गराइएको थियो ।

केही दिनदेखि परेको वर्षापछि आएको बा,ढीले डाइभर्सन पनि बगाएपछि यातायात पूर्ण रुपमा ठप्प भएको छ । उक्त ठाउँमा बेलिब्रिज जडानका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । दुवैतर्फ जीप निर्माण सम्पन्न भइसकेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।