मगरको मिर्गाैला फेर्न सात लाख सहयोग

बागलुङ, १६ भदौ । मिर्गाैलापीडित ताराखोला गाउँपालिका–२ अर्गलका भीमबहादुर घर्ती मगरको उपचारमा लोक सम्पदा अध्ययन अनुसन्धान अभियानले आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौैलाले काम गर्न छोडेपछि प्रत्यारोपणको तयारीमा रहनुभएका मगरलाई अभियानमार्फत रु सात लाख १२ हजार तीन सय दुई उपलब्ध गराइएको हो ।

उक्त सहयोग रकम मङ्गलबार बिरामीका परिवारजनलाई हस्तान्तरण गरिएको अभियानका अध्यक्ष याम घर्ती मगरले जानकारी दिनुभयो । मिर्गाैला प्रत्यारोपणका लागि भीमबहादुरको परिवारमा अर्थाभाव भएपछि सहयोग अभियान चलाइएको उहाँको भनाइ छ ।

अभियानको संयोजनमा जापानमा रहनुभएका झकु मगर, गङ्गा घर्ती मगर, मेलिसियमा रहनुभएका प्रकाश मगर, बहराइनबाट जीवन रोका मगर, थम्मन नाइसा मगर, मिलन मगरलगायतको पहलमा आर्थिक सहयोग जुटाइएको थियो । सहयोग रकम बुझेपछि भीमबहादुरका आफन्तजनले अभियानप्रति आभार प्रकट गरेका थिए । अर्थाभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भनेर देशविदेशबाट सहयोग जुटाइएको अभियानले जनाएको छ ।

यसअघि ताराखोला–४ का ५५ वर्षीय ओमबहादुर घर्ती मगरको मिर्गौला प्रत्यारोपणका लागि पनि अभियानले रु दुई लाख दुई हजार तीन सय ६० सहयोग गरेको थियो । दाइ ६२ वर्षीय डमप्रसादले मिर्गौला दान गरेपछि गत महिना शहीद धर्मभक्त राष्ट्रिय मिर्गाैला प्रत्यारोपण केन्द्र, भक्तपुरमा ओमबहादुरको मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

यस्तै वडा नंं ३ हिलकी मतिकला छन्त्यालको उपचारका लागि गत फागुनमा रु तीन लाख ६२ हजार ६ सय ५० सहयोग गरिएको अध्यक्ष मगरले बताउनुभयो । रूखबाट लडेर मेरुदण्ड भाँचिएपछि छन्त्याल अहिले पनि उपचाररत हुनुहुन्छ । “अहिलेसम्म तीन जना बिरामीको उपचारका लागि आर्थिक अभियान चलायौँ,” अध्यक्ष घर्ती मगरले भन्नुभयो, “लोक, संंस्कृतिको खोज र प्रवद्र्धनसँगै मानवीय सेवाका क्षेत्रमा पनि अभियान समर्पित छ।”

भीमबहादुरको उपचारका लागि अर्गल खेलकुद विकास मञ्चले पनि आर्थिक अभियान थालेको जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।