खानेकुरामा किरा परेको भेटिएपछि होटल सञ्चालकलाई जरिवाना

धादिङ, १८ भदौ ।जिल्ला अनुगमन समितिले अखाद्य वस्तु ग्राहकलाई खुवाएको उजुरी आएपछि दुई वटा होटल सञ्चालकलाई नगद जरिवाना गरेको छ ।

खुवाइएको खानेकुरामा किरा परेको भेटिएपछि ग्राहकको उजुरीका आधारमा बेनीघाट रोराङ गाउँपालिका–३ मलेखुस्थित होटल हङ्ग्री बर्ड एण्ड गेष्ट हाउसलाई रु २० हजार तथा शीतलबजारस्थित भैरवीनाथ भोजनालयलाई रु १० हजार जरिवाना गरिएको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।

होटल हङ्ग्री बर्ड एण्ड गेष्ट हाउसले अखाद्य माछा खुवाएको उजुरी परेपछि गरिएको अनुगमनमा विभिन्न छ किसिमका म्याद गुज्रिएका सामग्री फेला परेको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना नगरेको, होटल सञ्चालनमा लापरवाही गरेकाले जरिवाना गरिएको उहाँको भनाइ छ ।

यसैगरी भैरवीनाथ भोजनालयबाट लेबल नभएका र म्याद गुज्रिएका चाउमिन १३ पाकेट फेला परेको, मांसाहारी र शाकाहारीका लागि एउटै फ्रिजको प्रयोग गरेको, पकाएको आलु र चाउचाउ ताजा नभएको, सरसफाइमा ध्यान नदिएको र होटल सञ्चालनमा लापरवाही गरेकाले जरिवाना गरेको बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।