वडामै पराजित भय नगरसभापति

बैतडी, २२ भदौ । नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित हुनुभएको छ । १४औँं महाधिवेशन अन्तर्गत वडा तहमा सम्पन्न अधिवेशनमा उहाँ आफ्ना निकटतम प्रतिद्वन्द्वी चन्द्रसिंह थापासँग ४ मतले पराजित हुनुभएको थियो ।

विजयी हुनुभएका थापाले ५७ मत प्राप्त गर्नुभयो भने चन्दले ५३ मत मात्रै प्राप्त गर्नुभएको मतदान अधिकृत सुरेन्द्र चन्दले जानकारी दिनुभयो । नगर सभापति चन्द जिल्ला समन्वय समितिका सदस्य समेत हुनुहुन्छ ।

कूल १६ क्षेत्रीय प्रतिनिधि छनोट गर्नुपर्नेमा २४ आकांक्षी देखिएका थिए । तीमध्ये महिला खुल्ला ३, महिला समावेशी २, अपाङ्ग १ र दलित १ मा सहमति भएको थियो ।

यसबाहेका अन्य नौ खुल्ला प्रतिनिधिको लागि निर्वाचन भएको मतदान अधिकृत चन्दले बताउनुभयो । दशरथचन्द –८ मा १२३ मतदाता रहेकामा १०१ निर्वाचनमा सहभागी भएको निर्वाचन समितिले जनाएको छ ।

यसैबीच उक्त वडामा चामुसिंह थापा वडा सभापतिसहित २८ जनाको वडाकार्य समिति भने निर्विरोध चयन भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।