नगरपालिकाले आगामी आइतबारदेखि नगरभित्रका सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने

जाजरकोट, २६ भदौ । जाजरकोटको भेरी नगरपालिकाले आगामी आइतबारदेखि नगरभित्रका सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

भेरी नगरपालिकाको नगर शिक्षा समितिको बुधबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनुसारको मापदण्ड तथा प्रक्रिया पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा तथा खेलकुद शाखाप्रमुख अमृतबहादुर पुनले बताउनुभयो ।

भेरी नगरपालिकामा हाल कोरोना सङ्क्रमणको अवस्था नरहेकाले विद्यालय खोल्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि गत वैशाखदेखि यहाँका विद्यालय बन्द रहेका थिए । कार्यढाँचामा सबै शिक्षक र विद्यार्थीले मास्क अनिवार्य लगाउनुपर्ने, जोरबिजोर प्रणाली अपनाएर भए पनि भौतिक दूरी कायम गर्नुपर्ने लगायतका प्रावधान राखिएका छन् ।

लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने भएपछि विद्यार्थी र अभिभावक खुशी भएका छन् । रोकिएको कक्षा ११ र १२ को परीक्षासमेत यही भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।