जिल्ला प्रशासन कार्यालय पर्वत उत्कृष्ट स्थानमा

पर्वत, २७ भदौ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ ।

विभिन्न छ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो ।

गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय÷सदाचारसँगै आर्थिक अनुशासन क्षेत्र समेटर कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।

यसरी मापन गरिएका आधारमा झापा, अर्घाखाँची र रुकुमपूर्व सर्वोत्कृष्ट अङ्क हासिल गरी ‘ए प्लस’ ग्रेडमा पर्न सफल भएका छन् भने ललितपुर, रुकुमपश्चिम, गुल्मी, स्याङ्जा र पर्वतलगायतका १४ जिल्ला ‘ए ग्रेड’मा पर्न सफल भएका छन् ।

त्यस्तै कार्यसम्पादनको उत्तमस्तरमा मनाङ, नवलपुरलगायत १८ जिल्ला समावेश भएका छन् भने मध्यमस्तरमा २१ र न्यूनस्तरमा २१ जिल्ला समावेश भएका छन् । न्यूनस्तरमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय पनि समावेश भएको बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।