दैनिक ६ घण्टा बन्द गरेर तानसेन–गुल्मी सडक पुनर्निर्माण सुरू

बुटवल, २७ मंसिर । तानसेन-गुल्मी सडक पुनर्निर्माण सुरू भएको छ । दैनिक ६ घण्टा सवारी आवतजावत बन्द गरेर सडक निर्माण थालिएको हो । सडक डिभिजन पाल्पाका अनुसार पाल्पाको तानसेनदेखि गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने सडक खण्ड स्तरोन्नति गर्न दैनिक ६ घण्टाका दरले १५ दिनका लागि बन्द गरिएको छ । तानसेन–रिडी सडक खण्ड मात्र पुनर्निर्माण सुरु गरिएको हो ।

आगामी १० पुससम्मका लागि दिउँसो ६ घण्टा सडक पूर्ण रुपमा बन्द हुने सडक डिभिजन कार्यालयले जनाएको छ । तर, सुरक्षा निकायका गाडी र एम्बुलेन्सलाई भने चल्न दिइनेछ । अन्य गाडीहरू प्रत्येक दिन बिहान साढे ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म बन्द रहनेछन् ।

सडक डिभिजनका अनुसार तानसेन-रिडी सडक खण्डको लघुवादेखि जोर्तेसम्मको सडक चौंडा गर्ने काम पनि जारी छ । सडक पूर्ण रूपमा बन्द गरेर काम सुरू गरिएकाले समयमै काम सकिने सडक डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिए ।

तर, यात्रु र चालकले भने निर्माण व्यवसायीले सुस्त गतिमा काम गरेकाले सडक निर्माण समयमै सकिनेमा आशंका व्यक्त गर्ने गरेका छन् । यो सडक खण्डको ठेक्का अघिल्लो आर्थिक वर्षमै भएको थियो । तर, ठेक्का लिएको सडकमा ठेक्का अवधिको म्याद गुज्रिसक्दा पनि अझै काम सम्पन्न हुन सकेको छैन ।

दुई करोड लागतको सडक निर्माणका लागि दैनिक ६ घण्टा बन्द गरिएपछि यात्रुले भने सास्ती पाउने भएका छन् । यसबाट बुटवल हुँदै गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रुहरू प्रभावित हुनेछन् । डिभिजन सडक कार्यालयले भने सडक बन्द रहेको समयमा साना सवारीलाई जोर्ते, लुहुङ चण्डीभन्ञ्याङ बतासेडाँडाको सडक प्रयोग गर्न भनेको छ । तर, ठूला सवारीसाधन सञ्चालनमा भने समस्या हुने देखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।