उपल्लो डोल्पाको सुरक्षा भगवान भराेसा !

हेमन्त केसी/जाजरकोट, २९ मंसिर ।पाँच महिनाका लागि उपल्लो डोल्पा सुरक्षाविहिन अवस्थामा पुगेको छ । यहाँका तीन पालिकामा रहेका प्रहरी चौकी चिसाे बढेसँगै सदरमुकाम दुनै झरेपछि उपल्लो डोल्पा सुरक्षाकाे सुरक्षा अवस्था भगवान भराेसामा पुगेकाे हाे । सुरक्षा दिने प्रहरी नै हिमपातले असुरक्षित भएपछि दुनै झारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

‘प्रहरी चौकी रहेका घरहरू रित्ता छन् । प्रहरीहरू सदरमुकाम दुनै आइसकेका छन्,’ धोका प्रेमा गुरुङ भने । शे फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा रहेका प्रहरी चौकी सदरमुकाममा झारिएसँगै उपल्लो डोल्पा सुरक्षाका हिसाबले जोखिममा परेको छ ।

उपल्लो डोल्पा चोरी निकासी तथा पैठारीकाे उच्च जाेखिममा छ । यहाँबाट महुमूल्य जडीबुटी, जंगली जनावर तथा पूराना बुद्धका मुर्तिहरू पटक पटक चोरी भएका समाचार आइरहन्छन् । प्रहरी चौकी नै नभएपछि झन् चोरी गर्नेको मनोबल बढ्ने स्थानीयकाे भनाइ छ । अहिले यहाँका तीन पालिकाका २१ वडा प्रहरीविहीन बनेका छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निरन्जन थापाका अनुसार छार्का ताङसुङ गाउँपालिकाको कागकोट प्रहरी चौकी र शे-फोक्सुण्डो गाउँपालिकाको साल्दाङ प्रहरी चौकीका प्रहरी उपल्लो डोल्पामा रहेका छन् । अहिले सदरमुकाम दुनैबाट नै उपल्लो डोल्पाको सुरक्षा दिने गरेको डिएसपी थापाले बताए । डोल्पो बुद्ध गाउँपालिकाको धो र टाक्सी, शे-फोक्सुण्डो गाउँपालिकाको निजालगुम्बा, भिजेर र रापको प्रहरी चौकीका प्रहरी जिल्लामा मर्ज भएका हुन् । डोल्पा सबैभन्दा ठुलो जिल्ला हो । स्थानीय तहको सहयोग पाएको भए प्रहरी चौकी उपल्लो डोल्पामै राख्ने सकिने डिएसपी थापाकाे भनाइ छ ।

‘अहिले पनि सहयोग त पाइएको छ, अझै योभन्दा बढी सहयोगको अपेक्षा हामीले गरेका थियौं,’ उनले भने । उपल्लो डोल्पामा बस्नका लागि अहिलेको समयमा लत्ताकपडादेखि चश्मा, बुटहरू नभएकाे उनले बताए । अहिले उपल्लो डोल्पामा भारी हिमपातका कारण एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था नरहेको उनले बताए ।

हिमपातले रोकियो कोभिड र नियमित खोप
उपल्लो डोल्पामा भारी हिमपात भएसँगै नियमित सञ्चालन हुने खोपदेखि कोभिडविरुद्ध लगाउने खोप अभियान समेत रोकिएको छ । मंसिरदेखि चैतसम्ममा खोपहरू बन्द हुने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए ।

त्यस्तै, यहाँका तीन पालिकामा बर्थिङ सेन्टर समेत छैन । सबै उपल्लो डोल्पाका महिला घरमै असुरक्षित तरिकाले सुत्केरी हुने गरेको शाहीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।