प्रकाशशरणले उठाउन छाडेका थिए प्रधानमन्त्री प्रचण्डको फोन

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन टुटेर नयाँ सत्ता समीकरण बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको गठबन्धन तोडेर एमालेको समर्थनमा मन्त्रिपरिषद् गठन गरेका छन् । साथै, प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन टुट्नुका केही कारण बिहीबारको संसद् बैठकमा बताए ।

उनले कांग्रेसबाट कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा पाएको धोका, महासमिति बैठकमा कांग्रेसले गठबन्धनका बारेमा गरेका टिकाटिप्पणी, गठबन्धनको औचित्यमाथि उठाएको प्रश्न, जनयुद्धलाई अपमान गरेको र संविधानको मर्मविपरीत हिन्दु धर्मको स्टल थापेकाले गठबन्धन टुटेको बताए ।

त्यस्तै, कांग्रेस–माओवादीको गठबन्धन टुट्नुमा पूर्व अर्थमन्त्री प्रकाशशरण महतको भूमिकाले काम गरेको पनि चर्चा हुने गरेको छ । तत्कालीन अर्थमन्त्री महत र प्रधानमन्त्री प्रचण्डबीचको टकारावले गठबन्धन टुटेको धेरैको बुझाइ छ ।

नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डे पनि कांग्रेस–माओवादीको बीचको गठबन्धन टुट्नुको प्रमुख कारक तत्व तत्कालीन अर्थमन्त्री महतनै रहेको बताउँछन् । कांग्रेसले हैसियत नै नभएको महतलाई अर्थमन्त्री बनाएको उनको टिप्पणी छ । साथै, अर्थमन्त्री र प्रधानमन्त्रीबीच छलफल नभएको तीन महिना भएको र अर्थमन्त्रीले प्रधानमन्त्रीको फोनसमेत नउठाएको आफूलाई जानकारी रहेको उनले बताए ।

‘अर्थमन्त्रीले प्रधानमन्त्रीको मुख नहेरेको तीन महिना भएको थियो भन्ने मैले सुनेको थिए । प्रधानमन्त्रीको फोन प्रकाशशरण महतले उठाउनुहुन्नथ्यो रे,’– नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै पाण्डेले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।