अन्ततः जसपाले पठायो मन्त्रीहरुको नाम, स्वास्थ्य मन्त्रालयमा उपेन्द्र आँफै जाने

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेसँगै मन्त्रीहरुको नाम पनि पठाएको छ । जसपाको कार्यकारिणी समितिको बैठक बसेर आज साँझ अबेर मन्त्रीहरुको नाम प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पठाएको हो ।

जसअनुसार अध्यक्ष उपेन्द्र यादव आँफै उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेर सरकारमा जाने भएका हुन् । यस्तै, वन तथा वातावरण मन्त्रालयमा भने सप्तरीबाट निर्वाचित सांसद नवलकिशोर साह सुडी जाने भएका छन् ।

जसपाले पाएको एक राज्यमन्त्रीमा दीपक कार्की जाने निधो भएको छ । उनी स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा रहनेछन् । जसपापनि सरकारमा जाने भएपनि प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार स्पष्ट बहुमतमा पुगेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।