जनताको निराशालाई आशामा बदल्न प्रचण्डसँग सहकार्य गर्‍यौं :एमाले

काठमाडौं,२५ फागुन । नेकपा एमालेले सोमबार बनेको सत्ता गठबन्धनलाई सामान्य रुपमा लिएको जनाएको छ । शुक्रबार बसेको पार्टीको २६ औं सचिवालय बैठकले सो निष्कर्ष निकालेको एमाले महासचिव शंकर पोखरेलले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले जनतामा देखिएको चरम निराशालाई आशामा बदल्नका लागि गठबन्धन बदलिएको प्रष्ट पारे । सोमबार यसअघिको १० दलीय गठबन्धन भत्काएर एमालेसहितको ५ दलीय गठबन्धन बनेको छ । ५ दलीय गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी सहभागी रहेका छन् ।

‘त्यसलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको छ । मुलुकमा सिर्जना भएको संकटलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले हामीले सकारात्मक योगदान गर्नुपर्दछ भन्ने निष्कर्षमा छ,’ उनी भन्छन् ।

जनताको निराशालाई आशमा बदलेर विकास र समृद्धिका कामलाई तीव्रता दिन नयाँ सहकार्य फलदायी हुने एमालेको भनाइ छ । ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी सामेल भएर सरकार निर्माण गर्ने प्रक्रियामा अगाडि बढेका छौँ,’ उनले भने, ‘यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई पनि अनुरोध गरेको छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।