विरोधीले फसाइदेलान् होस गर्नु : आफ्ना मन्त्रीलाई ओलीको निर्देशन

काठमाडौं,२५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई कुनैपनि विवादमा नपरी र कसैसँग नडराई काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार साँझ निजी निवास बालकोटमा बोलाएर पूर्व प्रधानमन्त्तीसमेत रहेका ओलीले मन्त्रीहरुलाई सो निर्देशन दिएका हुन् । मन्त्रीहरुलाई निर्देशन दिँदै ओलीले भने ‘फसाइदेलान् होस् गर्नु, यो सरकारलाई जसरी पनि सफल पार्नु, यो सरकारलाई सफल पार्न सकिएन भने एमाले पनि असफल हुन्छ, देश पनि असफल हुन्छ’ ।

गत सोमबार प्रधानमन्त्री पुष्पकमल दानहाल प्रचण्डले पूरानो गठबन्धन भत्काएपछि एमाले सत्तामा पुगेको थियो । प्रचण्ड सरकारको प्रमुख सराथी एमालेले ८ मन्त्री पाएको छ । एमालेबाट पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरु सरकारमा गएका छन् ।

महासेठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रुपमा सरकारमा जाँदा पदम गिरीले कानून न्याय तथा संसदीय मामिला, हरिप्रसाद उप्रेतीले रक्षा, राजेन्द्र राईले खानेपानी, बलराम अधिकारीले भूमि व्यवस्था, भगवती चौधरीले महिला बालबालिका, ज्वालाकुमारी साहले कृषि र दामोदर भण्डारीले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मन्त्रीहरुलाई निवासमा बोलाएका अध्यक्ष ओलीले वर्तमान राजनीति चुनौतीपूर्ण रहेको भन्दै यो सरकारको सफलताले मात्र चुनौती सामना गर्न सम्भव रहेको बताएको बालकोट स्रोतले जनाएको छ ।– ‘राजनीतिमा उतारचढाव भइरहन्छ, प्रचण्डजी तथा माओवादीसँग हिजो हाम्रो द्धन्दात्मक सम्बन्ध थियो तर आज पार्टी बेग्लै भए पनि हामी एक भएका छौं’ ओलीले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।