एमालेसँग प्रचण्डले सहकार्य गरेपछि बादल उत्साही, दिए यस्तो प्रतिक्रिया

काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको लागि आफ्नो दलसँग सहकार्य गरेपछि उत्साही भएका छन् । उनले एमाले–माओवादी सहकार्य सुरु भएपछि अब देशमा राजनीतिक स्थायित्व हुने विश्वास व्यक्त गरेका छन् । गुल्मीमा प्रेस चौतारीले आयोजना पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बादलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अहिलेको एमाले–माओवादी गठबन्धनले मुलुकलाई आर्थिक संकटबाट पनि मुक्त गराउने उनको विश्वास छ । एमालेले लिएको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्पपनि पूरा हुने बादलको ठोकुवा छ । एमाले–माओवादी अलग हुँदा बादलले ओलीको साथ रोजेका थिए । जनयुद्धमा बादल र प्रचण्डको सम्बन्ध सुमधुर थियो ।

यी दुई नेताबीच पछिसम्म पनि सम्बन्ध राम्रो थियो । तर, नेकपाकालिन विवादमा बादलले ओलीको साथ रोज्नुको कारण गृहमन्त्रालयको नेतृत्वमा हुँदा तत्कालिन गृहसचिव प्रेम कुमार राईले भूमिका खेलेको पनि चर्चा हुने गरेको छ । राई अध्यक्ष ओलीको विश्वासपात्र मानिने प्रशासकको रुपमा चिनिन्छन् । अहिले राई अख्तियारको प्रमुख आयुक्तको जिम्मेवारीमा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।